पत्रकारकाे जिम्मा हाम्राे तर नागरिकको जिम्मा कसले लिने ?

0
Shares

विराटनगर । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्यले सामाजिक सञ्जालमा विकृति बढेको भन्दै पत्रकारका लागि आचारसंहिता जारी गर्न लागिएको बताएका छन् ।

नेपाल पत्रकार महासंघ मोरङले आइतबार आयोजना गरेको ‘नागरिक दृष्टीकोणमा मिडिया पृष्ठपोषण’ कार्यक्रममा अध्यक्ष आचार्यले सामाजिक सञ्जालमा आएका विषयलाई पनि मिडियासँग जोड्ने गरेकाले महासंघले आफ्ना सदस्यलाई नियमन गर्छाै । तर नागरिकको जिम्मा कस्ले लिने भनेर प्रतिप्रश्न गरेका थिए ।

पत्रकार महासंघका सदस्यले के गर्ने के नगर्ने हामी त्यहाँ पनि आचारसंहिता बनाउँछौं ।’ अध्यक्ष आचार्यले भने, ‘पत्रकारले गल्ती गरेको भए हामी समाएछौँ । तर नागरिकलाई हामी पत्रकार महासंघले नियमन गर्ने कुरा भएन । एउटा सामाजिक सञ्जालमा आएको धारणलाई हेरेर यो पत्रकारले गरेको भनेर आरोप लगाउन भएन ।

सामाजिक सञ्जालमा मनपरी भइरहेको बताउँदै उनले यो विषयमा समाज प्रष्ट हुनुपर्ने बताए । ‘समाजिक सञ्जाल अभिव्यक्ती स्वतन्त्रताको एउटा माध्यम हो ।’ उनले भने, ‘तर स्वतन्त्रता भनेर जे पनि गर्न पाउने स्वतन्त्रता हामीलाई छैन् ।’

अभिव्यक्ति स्वतन्त्रता जारी गर्दा सीमाभित्र रहनुपर्ने उनको भनाइ छ । सामाजिक सञ्जालमा खुकुरी लिएर काट्छु भन्नेलाई कारवाही हुनुपर्ने भन्दै उनले समाजलाई के गर्दा सदुपयोग हुन्छ, के गर्दा दुरुपयोग हुन्छ, भनेर पत्रकारले नै शिक्षा दिनुपर्ने बेला आएको बताए ।