चोरी तथा लुटपाट गर्ने ८४ जना पक्राउ

0
Shares

विराटनगर । चोरी तथा लुटपाट गरेको आरोपमा प्रहरीले विराटनगरबाट ८४ जनालाई पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिकाको तिनपैनी पानी ट्यांकीस्थित राधाकृष्ण मन्दिरबाट रथयात्रा निकालिएको थियो ।
राधाकृष्ण रथयात्राको क्रममा बहुमल्य सुन, चाँदी लगायतका गरगहना, नगद तथा पर्स चोरी गरेको आशंकामा प्रहरीले ८४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा १२ जना भारतीय नागरिक समेत रहेका छन् ।

उनीहरुको साथबाट सुनको सिक्री ३ थान, २० थान मोबाइल लगायत बरामद गरेको छ । प्रारम्भीक अनुसन्धानपछि ७ जनालाई आफन्तको जिम्मामा लगाइ छाडिएको छ ।

अन्य ५७ जनालाई आइतबार छाडिएको छ भने १९ जनालाई चोरी गर्ने उद्योग र अभद्र व्यवहारको मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।