सांसदकाे झाेला लुट्ने पक्राउ

0
Shares

काठमाडौं । न्यूरोडमा सांसद भावना सुवेदीलाई लुटेको घटनामा संलग्न भएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको मैतीदेवी बस्ने १९ वर्षीय निश्चल थिङ हुन । उनलाई महानगरीय प्रहरी वृत्त, जनसेवाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका अनुसार, सीसी टीभी फुटेजको विश्लेषणका आधारमा उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको हो ।

यसअघि २६ साउनमा न्यूरोडमा सुवेदीको झोलाबाट अपरिचित व्यक्तिले पर्स र त्यसमा रहेको ७ हजार तीन सय रुपैयाँसहित केही महत्वपूर्ण परिचय पत्र लुटिएको भागेको थियो । तर, पक्राउ परेका युवकको साथबाट ती कागजपत्र बरामद भएका छन् कि छैनन् भन्ने बताइएको छैन ।