प्रमुख जिल्ला अधिकारीलाई गाली गर्ने पक्राउ

0
Shares

वीरगन्ज । सामाजिक सञ्जालमार्फत गाली गरेको अभियोगमा बाराका एक युवक पक्राउ परेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत पर्साका प्रमुख जिल्ला अधिकारीलाई गाली गरेको अभियोगमा बाराको सिम्रनगढ नगरपालिका वडा नम्बर ७ खजानीका २५ बर्षिय शन्नि कुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको हो ।

गुप्ता श्री कंकाली अटो ट्रेडर्सका संचालक समेत हुन् । उनले पर्साका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईलाई सामाजिक सञ्जालमार्फ अपशब्द प्रयोग गरेकाले नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ ।

गुप्तामाथी आवश्यक आवश्यक अनुसन्धान भईरहेको जिल्लाका प्रहरी प्रबक्ता, प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिनुभयो ।