रविका समर्थकमाथि लाठीचार्ज र अश्रुग्याँस प्रहार, चितवन तनावग्रस्त

0
Shares

चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणले दिनहुँ फरक मोड लिईरहेको छ । हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेका समर्थकहरु प्रदर्शन गर्न अझै रोकिएका छैनन् । सोहि प्रदर्शनलाई कम गर्न प्रहरीले अहिले चितवनमा अश्रुग्याँस फायर गरेको छ ।

अदालतमा थुनछेक बहस नसकिएका कारण रविसहित तीन जनालाई थप एक दिन थुनामा राख्न दिएको आदेशको विरोध गर्दै चितवनमा प्रदर्शन भैरहेको छ । जिल्ला प्रहरी कार्यालय अगाडि भएको प्रदर्शनमा १३ राउन्ड अश्रुग्याँस समेत प्रहार गरिसकेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट करिब पाँच सय मिटरको दूरीमा रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको हो । झडपमा केही प्रहरी घाइते भएका छन् ।