सरकार छाड्न र राजपासँग एकता गर्न उपेन्द्र यादवमाथि दवाव

0
Shares

जनकपुरधाम ।
तत्कालीन संघीय समाजवादी फोरम नेपाल (अहिलेको समाजवादी) पार्टी यतिबेला सरकार छाड्नुपर्ने आन्तरिक दवावमा पुगेको छ । यो पार्टी सरकारसँग दुई बुँदे सहमति गरेर डेढ वर्ष अघि सरकारमा पुगेको थियो ।

यसका साथै राजपासँग चाँडो एकता टुंग्याउनुपर्ने दबाव पनि पार्टी नेतृत्वमाथि परिरहेको छ । संविधान संशोधनकै लागि सरकारमा गएको बताएका अध्यक्ष उपेन्द्र यादवले २०७५ साल असोज ०३ गते संविधान दिवसका दिन पार्टीको प्रदेश २ समितिलाई संविधानविरुद्व कार्यक्रम गर्न दिएका थिएनन् । यद्यपि अहिले सरकारले संविधान संशोधन गर्न नचाहेको बताउँदै यादव स्वयंले असन्तुष्टि पोख्न थालेका छन् ।