रविका समर्थकलाई झट्का, आजपनि हिरासतमै

0
Shares

काठमाडौं ।
टेलिभिजन प्रस्तोता रवि लामिछाने आज पनि हिरासतमै रहने भएका छन् । रविको बयान नसकिएपछि जिल्ला अदालत चितवनले लामिछानेलाई हिरासतमा पठाएको हो ।

चितवन प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत आइतबार लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको थियो ।

आइतबार रुकुको बयान भएको छ । तर लामिछाने र कँडेलको बयान नसकिएकाले पुनः जिप्रका चितवनको हिरासतमा पठाइएको छ । भोलि १० बजेबाट पुनः बयान सुरु हुने जनाईएको छ ।