राष्ट्रपति भण्डारी र प्रचण्डबीच एक घण्टा वार्ता

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति विद्यादेवी भण्डारीबीच एक घण्टा लामो वार्ता भएको छ ।

राष्ट्रपति निवास शितलनिवास पुगेर अध्यक्ष दाहालले आइतबार बिहान राष्ट्रपति भण्डारीलाई भेट्न पुगेका हुन् ।
अध्यक्ष दाहालका प्रेस सहयोगी विष्णु सापकोटाले भेटवार्ताको जानकारी दिँदै समसमायिक विषयमा छलफल भएको बताए ।

प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि सिंगापुर रहेका बेला प्रचण्डले राष्ट्रपतिलाई भेटेका हुन् ।
प्रचण्डले कार्यवाहक प्रधानमन्त्री एवम् पार्टीका अर्का प्रभावशाली नेता ईश्वर पोखरेलसँग पनि छलफल गरेको बताइएको छ ।