पहिरोले टुट्यो सम्पर्क

0
Shares

सिताराम अधिकारी, धादिङ ।

केही दिनदेखिको लगातारको वर्षाले गणेश हिमाल खोलामा पहिरो आएर थुनिएपछि उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका वडा न.ं ५ नेवेर गाउँसंग अन्य गाउँ सम्पर्क विहिन बनेको छ ।

लगातार परेको अबिरल वर्षाका कारण पहिरो आएर खोला थुनिएको छ । गाउँबासी गाउँपालिका र वडा कार्यालय समेत आउन जान नसक्ने भएको र विकट गाउँमा मानिस हड्निे बाटो अवरुद्ध भएकाले हिमाली नेवेर गाउँ समस्यामा परेको रुबीभ्याली गाउँपालिका वडा न.ं ५ का वडाअध्यक्ष धिरज तामाङले बताउनुभयो ।

६५ घरधुरी रहेको गणेश हिमालको फेदीको वस्ती तामाङ समूदायको वस्तीबाट अन्य गाउँजाने तातोपानी नजिकै पहिरो आएर खोला थुनिएको छ । मानिस हिड्ने बाटो बन्द भएको छ ।

गाउँबाट गाउँपालिका जानलागेका बमबहादुर तामाङ समेत पहिरो पार गर्न नसकेर घर फर्किएको नेवेरका टिसमान तामाङले बताउनुभयो ।
यो बाटोमात्र अन्य गाउँ जाने बाटो एक मात्र हो ।

गाउँमा ल्याइने खाद्य सामाग्री तथा विरामी पर्दा मानिस उपचारका लाने यहि मात्र बाटो बन्द भएपछि गाउँबासी समस्यामा परेको वडाअध्यक्ष तामाङको भनाई छ ।

जिल्ला सदरमुकामबाट तिन दिनको पैदल दुरीमा रहेको नेवेर गाउँ गणेश हिमालको फेदीमा रहेको तामाङ समूदायको बस्ती हो ।

आवत जावत नै बन्द भएकोले गाउँमा कुनै समस्या तथा विपद पर्दा सहयोग उपलक्ध समेत नसकिने अवस्थामा पुगेको छ ।