डेनमार्क नागरिकको जहाजभित्रै सुन चोरी, २ चिनियाँ नागरिक काठमाडौंमा समातिए

0
Shares

काठमाडौं, चोरी कार्यमा संलग्न रहेको अभियोगमा चिनियाँ नागरिकहरू राहदानी नम्बर इजी ६८४२७२२ बाहक मा ओईई र राहदानी नम्बर इजी ५७४२५२३ बाहक हु छिङजङलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

टर्किस एयरलाईन्सबाट बुधबार काठमाडौं आएकी डेनमार्क नागरिकको जहाजभित्रै सुन र नगद चोरी भएको खबर प्राप्त हुनासाथ प्रहरीले जाँच गर्ने क्रममा शनिबार बिहान टर्किस एयरलाईन्सबाट स्तानबुल जान लागेका उनीहरुलाई चोरी भएको सुनको बाला २ थान र विभिन्न देशका मुद्रा सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा महानगरीय प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान भइरहेको छ ।