मापसे गरेर अभद्र व्यवहार गरेको भन्दै विमानबाट निकालिए एनआरएन अध्यक्ष, लज्जित हुँदै भट्टले यो भने

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

मापसे गरेको भन्दै सिल्क एयरले एनआरएनए अध्यक्ष भवन भट्टलाई हवाई जहाजबाट बाहिर निकालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न काठमाडौंबाट सिंगापुर जान लागेका भट्ट बोर्डिङ पास लिएर हवाई जहाजको सिटमा बसिसकेको बेला उनीसँगै रहेका सनत न्यौपानेलाई ‘क्रु मेम्बर’ले बाहिर निकालिदिएका हुन् ।

उनीहरूले शनिबार पौने १० बजे त्रिभुवन विमानस्थलबाट सिङ्गापुर उड्ने तयारीमा रहेको सिल्क एयरलाइन्सको फ्लाइट नम्बर एसएलके ४१३(कल साइन एमआइ४१३) विमानमा मदिरा सेवन गरेर हो–हल्ला गर्दै विमान दलमा रहेका सदस्यहरूलाई अभद्र व्यवहार गरेपछि सो एयरलाइन्सले विमानस्थल प्रहरीको सहयोगमा विमानबाट निकालेको विमानस्थल स्रोतले बताएको छ।

विमान चढेर सिटमा बसिसकेका उनीहरूलाई सिल्क एयरका क्याप्टेनले नै साथै उडाउन नसकिने भन्दै विमानबाट ओर्लिन भनेका थिए।

त्यसमा विवाद भएपछि सिल्क एयरले प्रहरी बोलाएर उनीहरूलाई विमानबाट बाहिर लगेको थियो।

उनीहरूले सो विमानका कर्मचारीका अलावा विमानस्थल कर्मचारी एवम् ड्युटीमा रहेका प्रहरीहरूलाई समेत अभद्र व्यवहार गरेको प्रहरीको आरोप लगाइएको छ ।

विमानबाट निकालिएपछि भट्टको साथमा सिंगापुर उड्न लागेका सनत न्यौपानेले आफ्नो कारणले डिपोर्ट गरेको भनेर समाचार आएको भन्दै फेसबुक लाइभमार्फत आपत्ति व्यक्त गरेका छन्।
यो कुरा सार्वजनिक भएपछि न्यौपानेले फेसबुक लाइभमार्फत घटनाक्रमबारे विस्तार जानकारी दिएका छन् । न्यौपानेका अनुसार भट्ट र उनी त्यो दिन सँगै थिए । उनीहरु बिजनेस मिटिङहरुमा सहभागी थिए । त्यसैक्रममा मदिरा सेवन गरेको उनले स्वीकारेका छन् ।

न्यौपानेका अनुसार इमिग्रेसन पास भइसकेपछि प्रि बोर्डिङबाट अगाडि बढ्ने क्रममा सेक्युरिटीले पनि सुरुमा उनीहरुलाई रोकेको थियो । तर, पछि फेरि ‘हाम्रो गल्ती भयो’ भनेर सेक्युरिटीले त्यहाँबाट पनि जान दिएपछि प्लेनमा गएर बसेको उनको भनाइ छ । प्लेनको सिटमा बसिसकेको यात्रुलाई ओरालेर एयरलाइन्सका कर्मचारीले आफूहरुको बेइज्जत गरेको न्यौपानेको आरोप छ ।

विमानबाट बाहिर लगिएपछि सनत न्यौपानेले गरेको फेसबुक लाईभः