अपराध घट्यो, ज्यान गुमाउने बढे

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

अपराधका विभिन्न घटनामा जिल्लामा एक वर्षमा एक सयले ज्यान गुमाएका छन् । अपराध बाहेक विपदमा समेत ११ जनाले ज्यान गुमाएका छन् । प्रहरी–समुदायको सचेतनाका कारण अपराध र आत्महत्या दुबै घटेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेको तथ्याङ्कमा अपराध र आत्महत्याको संख्या घटेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोटाले बताउनु भयो । तीन वर्षको तुलनामा आर्थिक वर्ष २०७५/२०७६ को एक वर्ष अपराध र आत्महत्या दुबै घटेको छ ।

आर्थिक वर्ष २०७३/२०७४ मा अपराधका ५ सय २१ घटना दर्ता भएका थिए भने आर्थिक वर्ष २०७४/२०७५ मा अपराधको संख्या बढेर ६ सय ४२ पुगेको थियो । उक्त संख्या आर्थिक वर्ष २०७५/२०७६ मा घटेर ५ सय ६० मा आएको छ । ‘निरन्तरको प्रहरी सचेतना तथा दबाबमुलक कार्यक्रमका कारण अपराध र आत्महत्या घटेको छ’– प्रहरी प्रमुख एसपी जयराज सापकोटाले भन्नु भयो । प्रहरीले समुदायसँग प्रहरी कार्यक्रम विद्यालय विद्यालयमा, टोल टोलमा पु¥याई कार्यान्वयन गरिरहेको छ । प्रहरी सचेतना र स्थानीय स्तरमा संघ संस्थाहरुको सचेतनामुलक कार्यक्रमका कारण अपराध र आत्महत्या घटेको हुन सक्ने सापकोटाले बताउनु भयो ।

आर्थिक वर्ष २०७३/२०७४ मा १ सय ३७ जनाले आत्महत्या गरे भने २०७५/२०७६ मा १ सय ४ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेहरुको संख्या कम भएको छ ।

जिल्लामा ज्यान सम्वन्धी अपराध बढेको छ । २०७३/२०७४ मा ७६ जनाले ज्यान गुमाएका छन् भने २०७४/२०७५ मा ९१ जनाको हत्या भएको छ । त्यस्तै २०७५/२०७६ मा १ सय जनाको हत्या भएको भन्दै ज्यान सम्वन्धी मुद्दा दर्ता भएको छ । त्यस्तै चोरी २२, संगठित अपराध ४०, सामाजिक अपराध १ सय ६२ वटा दर्ता भएका छन् ।

अघिल्लो वर्ष सामाजिक अपराध २ सय ३० वटा दर्ता भएका थिए । स्थानीय तहमा न्यायिक समितिले विवाद मिलाउन थालेपछि यस्ता मुद्दाहरुमा कमी आएको छ । महिला तथा बालबालिका सम्वन्धी ६९, सवारी सम्वन्धी ६३ वटा र विविध १० वटा मुद्दा दर्ता भएका छन् । उमेरका आधारमा २० देखि ३० वर्ष उमेर समुहका १ सय ८२ जना अपराधमा संलग्न भएका छन् भने ३० देखि ४० उमेर समुहका १ सय ३२ जना छन् । ४० देखि ५० उमेर सम्मका १ सय २१ जना छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेको तथ्याङ्कमा आर्थिक वर्ष २०७५/२०७६ को एक वर्षमा विपदमा परी ७ जनाले ज्यान गुमाएका छन् भने विपदमै वेपत्ता भएका ४ जना अझै फेला परेका छैनन । स्थानीय सरकारहरुले विपद्का बारेमा आफु खुशी बनाउने गरेको तथ्याङ्क प्रहरी प्रतिवेदन र अनुसन्धानमा आधारित छैन ।

प्रहरीले तयार गरेको तथ्याङ्कमा ब्यक्ति, पशु चौपायाको मृत्यु, घाईते तथा सम्पतीको क्षतिको विवरण एकिन गरिएको छ । २०७५ साउन १ देखि २०७६ असार मसान्तसम्म भएको विभिन्न खालका विपदमा जिल्लाका विभिन्न स्थानमा क्षति पु¥याएको छ ।

क्षतिका कारण परिवार नै विस्थापित र पीडित बन्नु परेको छ । प्रहरीले आगोलागी, पहिरो, अविरल वर्षा, डुबान, हावाहुरी, चट्याङ्ग, करेन्ट र बगाईका घटनालाई विपद् मानेको छ । २०७५/२०७६ को विपदमा परी ७ जनाले ज्यान गुमाएका छन् भने ४ जना अझै वेपत्ता भएका छन् ।

६ जना घाईते भएका छन् । चौपाया ४६ वटाको मृत्यु भएको छ । ६९ वटा कच्चि घरमा क्षति पुगेको छ । ३ सय ५१ घर पीडित भएका छन् । ८ करोड ६३ लाख ८४ हजार बराबरको सम्पती क्षति भएको छ ।