पत्रकार पुडासैनी मृत्यु प्रकरणः सञ्चारकर्मी रवि लामिछाने सहित ३ जनालाई अदालतमा पेश

0
Shares

भरतपुर । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएका सञ्चारकर्मी रवि लामिछाने सहित तीन जनालाई अदालतमा पेश गरिएको छ ।

आइतबार बिहान १० बजे लामिछाने, पत्रकार युवराज कंडेल र नर्स रुकु भनिने अस्मिता कार्कीलाई जिल्ला अदालत लगिएको हो ।

हिरासत मै राखेर अनुसन्धान गर्न अदालतले पुनः पाँच दिन थपेको म्याद आज सकिएको छ ।

लामिछाने विरुद्ध सरकारी वकिलले अभियोग पत्र दायर गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।

लामिछानेविरुद्ध अभियोग पत्र दायर गरेसँगै आजदेखि नै सरकारी वकिल र लामिछानेलगायतका वकिलबीच बहस सुरु हुनेछ ।

आज बहस नसकिए भोली सोमबार पनि बहस चल्ने छ । बहस सकिएपछि लामिछाने रिहा हुने नहुने बारे निर्णय हुनेछ ।

प्रहरी अब थप म्याद माग्ने पक्षमा नरहेका कारण उनीविरुद्ध सरकारी वकिलले अभियोग पत्र दायर गर्न लागेको स्रोतको दावी छ।

पत्रकार पुडासैनी साउन २० गते चितवनको एक होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

पुडासैनीको मोबाइलमा भेट्टिएको भिडियोमा लामिछाने, कँडेल र कार्कीले मर्न बाध्य पारेको आरोप भिडियोमार्फत सार्वजनिक गराइएको थियो ।