शाह र वैद्यको राष्ट्रिय कीर्तिमान

0
Shares

काठमाडौं, (नेस) । हंगेरीको बुडापेस्टमा जारी सातौं विश्व जुनियर पौडी प्रतियोगितामा नेपालका पौडी खेलाडी सैयद हम्जा शाह र अदिप्सा वैद्यले राष्ट्रिय कीर्तिमान रचेका छन्।
१ सय मिटर बटरफ्लाईमा सैयद हम्जाले तीन दशकअघिको राष्ट्रिय कीर्तिमान भंग गरेका हुन्। शाहले ०१.०१.२२ सेकन्डको टाइमिङ निकाल्दै नयाँ राष्ट्रिय कीर्तिमानी कायम गरे।
यसअघि ०१.०३.४३ सेकेन्ड समयको कीर्तिमानी आनन्द लेप्चाको नाममा थियो। लेप्चाले यो कीर्तिमान सन् १९८९ मा बनाएका थिए।

त्यस्तै १ सय मिटर ब्रेस्टस्ट्रोकमा विद्या संस्कार स्कुलकी अदिप्साले ०१.२३.८९ सेकेन्डको समय निकाल्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन्।

यसअघि यो कीर्तिमान ०१.२५. ८२ सेकेन्डको समयको टिसा शाक्यको नाममा थियो।