हावाहुरीले मकैबाली नष्ट

0
Shares

बासुदेव शर्मा, जाजरकोट । केहि दिन अघि वर्षासगै आएको हावाहुरीले किसानले लगाएको मकै लगाएत अन्न वाली नष्ट गरेको छ । भेरी नगरपालिका १ को कालेगाउँ,स्याला, रावतगाउँ, कोल्चौर, रिठापानी डौरीकाडाँ, रिम्ना पिपे मैदे लगाएत नलगाड नगरपालिका ६ को गराग्ली, राता, फर्सा, पिउली, बडावन, भारगाउँग, गर्छिन लगाएतका ठाउँमा कृषकले लगाएको मकै लगाएत अन्न वाली पानीसगै आएको हावाहुरीले नष्ट गरेको हो ।

मकैले धान चवर गरेर मकै पाक्ने समय आएको बेला यस्तो भएपछि किसान मर्कामा परेका छन । जाजरकोटका भेरी नगरपालिका, नलगाड नगरपालिका विभिन्न स्थानमा करिव पाँच सय हेक्टर जमिनमा लगाएको मकै बाली पानीसगै आएको हावाहुरीले नष्ट गरेपछि किसानहरु चिन्तामा परेको छन् ।

मुख्य अन्नवालीको रुपमा रहेको मकै वाली हावाहुरीले नष्ट गरेपछि वर्ष भरी कसरी गुजारा चलाउने भन्ने चिन्ताले सताउन थालेको स्थानिय दल वहादुर रावलले दुखेसो गर्नु भयो । त्यस्तै भेरी नगरपालिका १ कालेगाउँ, रावतगाउँ, कोल्चौर, रिठापनी, पिपे, मैदे, डौरीकाडा गाउँमा करिव पाँस सय रोपनी जग्गामा किसानले लगाएको मकै वाली हावाहुरीले नष्ट गरेको दल वहादुर खत्रीले वताउनु भयो ।

हावाहुरीले मकै लगाएत अन्न वाली नष्ट गरेपछि नजिकिदै गरेको दशै तिहारमा अन्नको अभाव हुने सम्भावना वढ्ने खत्रीले वताउनु भयो । उहाँले किसानहरुले लगाएको अन्नवाली भित्रयाउने समय आउनै लाग्दा वाली लगाएको वारीमै नष्ट भएपछि किसानहरु थप चिन्तामा परेका छन् ।

पानीसगै आएको हावाहुरीका कारण किसानले लगाएको मकै लगाएत अन्नवाली नष्ट गरेपछि किसानहरु गम्भीर चिन्तामा परेको भेरी नगरपालिका १ का वडा अध्यक्ष दिपक रानाले वताउनु भयो । उहाँले नष्ट भएको वस्तु फर्किएर आउने छैन अव सरकारले गतिलो राहतको व्यवस्था नगरे किसानहरु खाद्यय संकटको मारमा पर्ने वडा अध्यक्ष रानाले वताउनु भयो ।

नलगाड नगरपालिका कृषि शाखा प्रमुख महेश कुमार विष्टले किसानले लगाएको मकै लगाएत अन्नवाली हावाहुरीले नष्ट गरेको विवरण सम्वन्धित कार्यालयमा पेश गरेको वताउनु भयो । त्यस्तै भेरी नगरपालिका कृषि शाखा प्रमुख यज्ञ अधिकारीले भेरी नगरपालिका भित्र हावाहुरीले मकै लगाएत अन्नवाली क्षतिको विवरण सम्वन्धित निकायमा पेश गरेको वताउनु भयो ।