रिजार्ज गर्न डाँडाडाडामा पोखरी

0
Shares

कविराज नेपाल, पाल्पा। पहिले पहिले गाउघरमा पानीको दुख हुदा सरसफाइ र गाइवस्तुका लागि पोखरी निर्माण गर्ने चलन थियो । ठाउठाउमा पोखरी निर्माण गरी वर्षातको पानी संकलन गर्ने र हिउदमा त्यसलाइ उपयोग गरिन्थ्यो । पछिल्लो समय सिँचाइका लागि प्लाष्टिकका पोखरी निर्माण हुने क्रम वढ्यो भने फेरी पुरानै अवस्थामा पोखरीको निर्माण हुने क्रम सुरु हुन थालेको छ ।

तर पछिल्लो क्रममा भने पानीलाई प्राकृतिक रुपमै जमीनभित्र लैजाने र त्यसबाट मुहानको संरक्षण गर्ने हेतुले यो कार्य पाल्पाका केही गाउ पालिका र तानसेन नगरपालिकामा सुरु भएको हो ।

जमीन रिजार्ज गर्न डाँडाडाडामा पोखरी निर्माण गर्ने र त्यसबाट पानीको मुहान संरक्षण र पानीको मात्रा वढने विश्वास लिइएको छ । डाडामा वनेको पोखरीवाट पानी रसाएर तलसम्म पुग्ने र त्यसले पानीको मुल संरक्षण हुने वताइन्छ ।

केही वर्षयता आकाशवाट पानी पनि कम परेको र निर्माण कार्य गर्दा सिमेन्ट र पिच गर्ने प्रवृत्तिका कारण पानी जमिन भित्र जान नपाई मुलहरु सुक्न जान थाले पछि प्राकृतिक रुपमै जमीन भित्र पानी जान पाओस भन्ने उद्देश्यका साथ यो कार्य गरिएको हो । त्यसो त वि.स. २०७२ सालको भूकम्प र मानवीय कारणले पानीका मुहानहरू सुकेपछि यो कार्य गनुृ परेको हो ।

यहाका स्थानीय तहहरूले पानीको मुल संरक्षण गर्नु अत्यावश्यक भैसेको र प्राकृतिक रिचार्ज नै प्रभावकारी हुने ठानेर पोखरी निर्माण गरेको वताएका छन । जिल्लाको रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिकाल तथा तानसेन नगरपालिकाको एउटा वडामा पानीका मुहान संरक्षणका गर्न रिचार्ज पोखरीको निर्माण गरिएको हो ।

‘पोखरी निर्माण भएसँगै पशुचौपाय, चराचुरुङ्गी र जङ्गली जनावरलाई खानेपानीको व्यवस्थापन भएको छ ’ रिव्दीकोट गाउ पालिकाका अध्यक्ष नारायण वहादुर जिसीले भन्नुभयो–‘ विकास निर्माणमा जथाभावी डोजर प्रयोगले पानीका मुल सक्दै गएपछि मुहान बचाउनका लागि रिचार्ज पोखरी बनाउने अभियान चलाएका हौँ ।’प्रदेश सरकारसँग सहकार्य गरेर पानीका मुहान नजिक पोखरी बनाएको गाउ पालिकाले जनाएको छ ।

प्रत्येक वडामा पाँच÷छ वटा पोखरी निर्माण गर्ने गरी यो वर्ष पनि रिचार्ज पोखरी बनाउने गरी बजेट विनियोजन भएको रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले बताउनुभयो । उहाका अनुसार ५ नं. प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले समेत अनुदान प्रदान गरेको छ ।

गाउ पालिकाबाट पोखरी निर्माण भएसँगै पशुचौपाय, चराचुरुङ्गी र जङ्गली जनावरलाई खानेपानीको व्यवस्थापन भएको छ । पानीको मुलको संरक्षण गर्न वृक्षारोपण, घाँसका विरुवा समेत रोपिएको छ । डाँडामा पोखरी निर्माण भएपछि केही मात्रामा भएपनि वर्षातको भेल रोकिएको छ जसले गर्दा प्राकृतिक रुपमै भूक्षय रोकिएको छ । रिचार्ज पोखरी निर्माणले सक्दै गएको पानीका मुहान फेरी पलाउने वातावरण संरक्षण र प्राकृतिक रुपमा वातावरणीय सन्तुलन कायम राख्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिकाभित्र समेत पानीका मुहान संरक्षण गर्न पानीका मुहान नजिकैका डाँडाहरूमा दुई गाउँपालिकाले दुइ दर्जनभन्दा भन्दा बढी पोखरीहरू निर्माण गरेको बताएका छन् ।

यस्तै तानसेन नगरपालिकाको वडा नं. ११ ले वडा स्तरीय बजेटबाट रिचार्ज पोखरी निर्माण गरेको छ । तानसेन नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष दामोदर प्रसाद घिमिरेले पानीको मुहान संरक्षण गर्न रिचार्ज पोखरी निर्माण गरेको बताउनुभयो । दशकदेखि यहाँका स्थानीय बासिन्दाले पानी पिउँदै आएका मुहान पछिल्लो समय सुक्दै गएपछि वर्षात्को पानी जम्मा हुने गरी छ वटा पोखरी निर्माण गरेको घिमिरेले बताउनुभयो ।