३ लाख ५० हजार बराबरको १२ कार्टुन अबैध औषधी बरामद

0
Shares

महोत्तरी । मंगलबार बिहान औरही नगरपालिका १ चोकबाट बिल नभएको विभिन्न किसिमका करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको १२ कार्टुन औषधी प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी औरहीबाट खटिएको प्रहरी टोलीले ना।४ ख ४७५४ नम्बरको बस जाँच गर्ने क्रममा बिल बिनाको उक्त परिणामको औषधी फेला पारेको हो ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।