स्मिथ एसेसबाट बाहिरिए

0
Shares

लन्डन, (एजेन्सी)
अस्टे«लियाका ब्याटसम्यान स्टिभ स्मिथ इंग्ल्यान्डमा जारी एसेस सिरिजबाट बाहिरिएका छन् । दोस्रो एसेस टेस्टको पहिलो इनिङको खेल दौरान बलले गर्दनमा लागेपछि स्मिथलाई मष्तिष्कमा चोट परेको छ । ८० रनमा हुदा इंग्लिस बलर जोफ्रा आर्चरको एउटा बाउन्स बलले उनको गर्दनमा चोट पु¥याएको थियो ।

शनिबार स्मिथको स्वास्थ्य ठिकै रहेको बताइएको थियो । चिकित्सक टोलीको निगरानीमा रहेका स्मिथ राम्ररी सुतेका थिए । तर आइतबार बेहान उनले टाउको केही दुखेको र निकै थकान महसुस गरेको बताइएको थियो । उनले उपचार राम्ररी नै हुनुपर्ने भन्दै सिरिज छाडेको अस्टे«लियाका मेनेजर जस्टिन लेंगर बताएका थिए ।

स्मिथको बायाँ कानको तल ९२ प्रतिघण्टाको बेगले आएको बलले लागेको थियो । चोट बेहोरेर पनि उनले ब्याटिङमा निरन्तरता दिन खोजेका थिए । तर उनले स्वास्थ्य परीक्षणका लागि मैदान छाडेका थिए । उनी ४० मिनेटपछि फेरि खेल्न आउँदा ९२ रन जोडेर आउट भएका थिए ।