जनै पुर्णिमाको मेलामा एक लाख बढी भेटि

0
Shares

सरस्वति न्यौपाने, रसुवा ।
यस वर्षको जनै पुर्णिमा मेलाको भेटी एक लाख ३४ हजार ३ सय ६५ रुपैया संकलन भएको छ । गोसाईकुण्ड क्षेत्र विकास समिति रसुवाका अध्यक्ष सन्चिव डिएमका अनुसार साउन २० गते नागपन्चमी देखि ३० गते जनैपुर्णिमा सम्म गोसाईकुण्ड तीर्थ आएका ९ हजार एक सय ९१ जना तिर्थालुहरुले चढाएको भेटी यति सङकलन भएको बताए ।

रसुवा, नुवाकोट र सिन्धुपाल्चोक भएर गएका तिर्थ यात्रुहरुले भगवान शिवलाई आफ्नो मोक्ष प्राप्तीका लागी मनोकामना पुरा गर्न चढाएको भेटी पक्कै पनि क्षेत्र विकास समितिले धार्मिक क्षेत्रमा लगाउने छ भन्ने विश्वास लिएका छन ।

गो भनेको ठाउँ साई भनेको ताल भन्ने बुझिन्छ महादेवले समेत स्नान गरेको यस पवित्रकुण्ड १ सय आठ कुण्ड लगायत अमर सिंह गुफा लागएत ऐतिहासिक भौगोलिक धार्मिक तथा प्राकृतिक महत्व ले धनि रहेको छ । जनैपुर्णिमामा तिर्थ यात्रीहरुको भीड लागी गोसाईकुण्ड स्नान गरी महादेवको दर्शन गर्नाले पितृ तर्नुको साथै पुण्य मिल्ने किंवदन्ती रहेको छ ।