वृद्धको शव फेला, श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।
वीरगन्ज महानगरपालिका–२७ स्थित जसौली टोलमा शनिबार एक वृद्ध मृत फेला परेका छन् । आफ्नै भैँसी गोठमा सुतेका ७० वर्षीय महेन्द्र महतो कोइरी मृत फेला परेको पर्सा प्रहरीले जनाएको छ ।

कोइरीको शवलाई पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्जमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच पर्सामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरी फरार भएका छन् । पर्साको कालिकामाई गाउँपालिकाका मुक्तिनारायण राउत कुर्मीले आफ्नी ३५ वर्षिया श्रीमती संगितादेवीको हत्या गरि फरार रहेका उनलाई प्रहरीले शनिबा पक्राउ गरेको छ ।

कुर्मीले आफ्नै घरमा घाँटीमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्जमा राखिएको र हत्या गरि फरार भएका मृतकका श्रीमान कुर्मीलाई शनिबार जिल्लाकै बौदरमाइमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।