शारीरिक सुगठन टोली थाइल्यान्ड जाँदै

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
एसिया प्यासिफिक शारीरिक सुगठन च्याम्पियनसिपमा भाग लिन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली शुक्रबार थाइल्यान्डको बैंकक जाने भएका छन् ।

अगष्ट १६ देखि १८ तारिखसम्म हुने प्रतियोगितामा पुरुष ६५ केजीमा समिर श्रेष्ठ तथा पुरुष फिट्नेस फिजिकमा राजु राईले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । महिला मोडेल फिजिकमा मल्लिका शाक्यले प्रतिस्पर्धा गर्नेछिन् । तीनै खेलाडी साउनको पहिलो साता काठमाडौंमा भएको १२ औं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताका पदक विजेता हुन् । समिर र मल्लिकाले स्वर्ण तथा राजुले रजत जितेका थिए ।