नेपाली सेनाद्धारा रेसुङ्गा क्षेत्रमा लोपोन्मुख बिरुवा रोपण

0
Shares

अनिल खत्र, गुल्मी ।
नेपाली सेनाको टोलीले गुल्मीको रेसुङ्गामा क्षेत्रमा लोपउन्मुख बृक्षा रोपण गरेको छ । जिल्लामा रहेको बिरभद्रजंग गुल्म गुल्मीको सक्रियतामा रेसुङ्गा क्षेत्रमा लोपउन्मुख बिरुवाको रोपण गरिएको हो ।

धार्मिक तथा ऐतिहासिका तपोभूमी रेसुङ्गाको यज्ञशाला एवं माथिल्लो मन्दिर परिसर क्षेत्रमा सेनाको टोलीले लोपउन्मुख बिरुवाहरु रोपण गरेको बिरभद्रजंग गुल्म गुल्मीका सेनानी रबिन्द्र महर्जनले बताउनु भयो । रेसुङ्गा क्षेत्रमा पुग्ने पोखरीदेखि यज्ञशाला मन्दिर क्षेत्र लगायतका ठाउँमा लोपोन्मुख देवदार सल्लोको १ सय ओटा विरुवा वृक्षारोपण गरिएको सेनानी महर्जनले बताउनु भयो ।


रेसुङ्गा क्षेत्रको बतावरणिय क्षेत्रलाई हरावरा र लोपउनमुख बिरुवाहरुको संरक्षण गर्नको निम्ति पनि बृक्षा रोपण गरिएको महर्जनको भनाई छ । सेनाले गरेको बृक्षा रोपणमा मन्दिर क्षेत्र अबलोकन का लागि पुगेका श्रद्धालु भत्तजनले पनि सहयोग गरेका थिए ।

भौगोलिक उचाइगत विविधताले गर्दा उस क्षेत्रमा ६८ प्रजातिका विरुवा,३४ प्रजातिका झाडी,४६ प्रजातिका जडिबुटिजन्य वनस्पतिहरु र बिभिन्न प्रकारका वन पाइएको अध्ययनले देखाएको छ । रेसुङ्गा क्षेत्रको छल्दी खोला किनारको उपोष्णा पछाडी सालको वन,कटुस चीलाउने मिश्रित वन देखि शुद्द खोटेसल्लाको कोणधारी वन र खसु गुराँस मिश्रित समशितोष्ण चौडापाते वन अबलोकन गर्न सकिन्छ ।

यस रेसुङ्गा क्षेत्रमा टिमुर, चिराइतो, कालीकाफल, सुनखरी, पाषणभेद, आकाशेबली, खमला, हर्रो, बर्रो, गानेगुर्जो, सुगन्धवाल, र अन्य गैरकाष्ठ वन पैदवारहरु पाइएको छ । ठूलो घना जंगल रहेको यस क्षेत्रमा कालो ऐसेलु, मजिठो, सतुवा,नागबेली सहित १ सय ६१ प्रजातिका जडीबुटिहरु रहेको डिभिजन वन कार्यालय गुल्मीको तथ्याङ्कमा उल्लेख छ ।

धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल गुल्मीको रेसुङ्गामा साउने मेला चलिरहेको छ । जिल्लाको सदरमुकाम तम्घास अग्लो शिरमा पर्ने ऐतिहासिक तपोभुमी रेसुङ्गामा साउनभर एक महिनासम्म मेला लाग्ने गर्दछ । मन्दीर ब्यवस्थापन समितीले एक महिना सम्म धार्मिक प्रवचन सगै रुद्री,चन्डी शिवजीको दैनिक पुजा संञ्चालन आयोजना गर्ने गरेको छ ।

नेपालकै चार धाम मध्येकै एक धाम पर्ने धार्मिक स्थल रेसुङ्गाको पोखरीमा नुहाउनाले भुल गरेर गरेका पाप नष्ट हुने धार्मिक मान्यता अनुसार पोखरीमा नुहाउन गुल्मी लगायत छिमेकी जिल्लाहरु बाट पनि श्रदालु भक्तजन जाने गर्दछन् ।