क्वालिटीको चाउमिन बजारमा

0
Shares

विराटनगर ।
काबरा ग्रुपको क्वालिटी थाई फुड्स प्रा.लि.ले पछिल्लो समय नेपालमा नै पहिलो पटक अत्याधुनिक स्वस्थ प्रविधिबाट आफ्नो नयाँ उत्पादन १२३ चाउमिन बजारमा ल्याएको छ । करिब तीन दशक देखि तयारी खाद्य पदार्थ क्षेत्रमा रहि आफ्ना उत्कृस्ट उत्पादन बजारमा विस्तार गर्दै आएको काबरा ग्रुप यो चाउमिन बजारमा ल्याएको हो ।

क्वालिटी थाई फुड्सले अत्याधुनिक कोरियन प्रविधिको स्वचालित मेसिनबाट उत्पादित चाउमिन बजारमा ल्याएको हो । बजारमा मानविय तवरबाट हातले बनाएको प्रदुसित र भिजेको, बोसो, अजिना तथा सोडियम लगायतका रासाईनिक प्रयोग गरिएका अश्वस्थकर चाउमिन उपलब्ध भईरहेका बेला क्वालिटीले यस्तो चाउमिनको उत्पादन सुरु गरेको हो ।

१२३ चाउमिन पुर्ण रुपमा असुद्ध खाद्ध मिसावट रहित र पुर्ण आधुनिक कोरियन मेसिन बाट पुर्ण रुपमा स्वचालित उत्पादन र ड्राईङ प्रबिधि बाट सुकाएका कारण समेत स्वस्थकर स्वादिस्ट रहेको कम्पनीको दाबी छ । कम्पनीले सबै उमेर समुहको स्वादलाई ध्यानमा राखी साकाहारी र माँसाहरी दुबैले प्रयोग गर्न मिल्ने र होटल रेस्टुरेन्टमा पाईने स्वादमा घरमै बनाउन सकिने समेत जनाईएको छ ।

खाध्य प्रबिधि तथा गुण नियन्त्रण कार्यलयबाट जाँच पास गराएर उत्पादित चाउमिनमा कुनै प्रकारको तेलको प्रयोग नभएका कारण समेत अझ स्वस्थकर रहेको कम्पनीको दाबी छ । थाई फुड्सले उत्पादन गर्दै आएको १२३, बुलेट, ताईपाई लगायतका चाउचाउ तथा बिभिन्न ५० भन्दा बढी ब्राण्डका स्नाक्सले आम उपभोक्ताको मन जित्दै आएको छ ।

यसैगरी पछिल्लो समयमा यस उद्योगले म्याक्पा, पिज्जो र टुल्के ब्राण्डको पुर्णरुपमा सुजि मात्र प्रयोग गरिएको खाजाको रुपमा प्रयोगहुने पास्ता बजारमा ल्याएको छ भने छिटोमिठो ब्राण्डका आधुनिक र आर्कषक प्याकमा फुरनदाना र झालमुडी उपभोक्ताले अत्यधिक रुचाएको कम्पनीले जनाएको छ । रासस