डोलेश्वरमा पर्यटनमन्त्री भट्टराई र पुर्व उपप्रधानमन्त्री निधी

0
Shares

पुष्करर बुढाथोकी
भक्तपुर,(नेस) ।
साउनको अन्तिम सोमवार आज केदारनाथको शिर डोलेश्वरमा भक्तजनको भिड लागेको छ । विहान तीन वजेदेखि नै भगवान शिवको दर्शनका लागि सर्वसाधारणको भिड लागेको थियो । त्यसै क्रममा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रि योगश भटराईले डोलेश्वर महादेवको दर्शन गर्नु भएको छ । दर्शनपछि बोल्दै मन्त्री भट्टराईले धार्मिक, प्राकृतिक देखि अन्य सम्पादको संरक्षण गर्न सके भक्तपुरको बिकासमा टेवा पुग्ने बताउनु भयो ।

केदारनाथको शिर डोलेश्वर मन्दिरका धार्मिक तिर्थ स्थलका रुपमा बिकास हुनु राम्रो भएको उल्लेख गर्दै मन्त्री भट्राईले मन्दिरको बिकासमा तीनै तहको सरकारको सहयोग रहने बताउनु भयो । डोलेश्वर मन्दिर आउने साघुँरो सडकलाई फराकिलो बनाउन र यो क्षेत्रका बिभिन्न समस्याको पहिचान गरि भक्तजनका लागि सहज बनाउन आफुले पनि पहल गर्ने मन्त्री भट्टराईले बताउनुभयो ।

प्राकृतिक सम्पदा देखि अन्य सम्पदाको संरक्षण गर्न सके भक्तपुरको बिकासमा टेवा पुग्ने बताउदै भट्टराईले सबै क्षेत्रले समन्वय गरेर भक्तपुरको बिकासमा अगाडी बढ्नु पर्नेमा जोड दिनु भयो।साउनको सोमवारकै अवसरमा पूर्वउप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले पनि आज डोलेश्वरको दर्शन गर्नु भएको छ ।

दर्शनपछि संक्षिप्त प्रतिकृया दिंदै निधिले डोलेश्वर क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिदै यस क्षेत्रको विकासमा आफुले पनि सक्दो सहयोग गर्ने बताउानु भयो ।

साउनको महिनासँगै हरेक बर्ष श्रावणी मेला लगाउँदै आएको डोलेश्वर मन्दिरमा यो वर्ष पनि ३८ दिने साउने मेला सञ्चालन भइराखेको छ । मेलामा उपस्थित भक्तजनहरुले चढाएको भेटी रकमले मन्दिर निर्माणमा सहयोग पुग्ने अपेक्षा डोलेश्वर संरक्षण समितिले जनाएको छ ।

विसं २०६६ भदौ ६ गते केदारनाथको शिर घोषणा गरेपछि हरेक वर्षको साउन महिनाभर मन्दिरमा पूजापाठका लागि भक्तजनको भीड लाग्दै आएको छ । मेलामा नेपालका बिभिन्न जिल्लाका अलवा भारतबाट समेत ठुलो संख्यामा भक्तजनहरु दर्शनका लागि आउँने गर्दछन् ।