भरुवा बन्दुकसहित दुई जना पक्राउ

0
Shares

सरिता चलाउने, सल्यान ।
सल्यानमा अवैध रुपमा राखिएको ४ नाल भरुवा बन्दुक सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको कालिमाटी गाउँपालिका वडा न ५ बालुवा मनिकापुरका ७० का चन्द्र बहादुर रोका र ६७ वर्षिय टेक बहादुर कुमाललाई अवैध हतियार सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय र शसस्त्र प्रहरी बलको गस्ती टोलीले घरमा अवैध रुपमा राखेको भरुवा बन्दुकसहित पक्राउ गरेको जनाईएको छ । पक्राउ परेका दुवैलाई हिरासतमा राखी अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।