उपनिर्वाचन बहिष्कार गर्ने वैद्यको घोषणा


काठमाडौँ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले आगामी मंसीर १४ गते हुन गइरहेको उपनिर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ। साउन २१ देखि २३ सम्म चलेको पार्टीको पोलिटब्युरो बैठकले यस्तो निर्णय गरेको हो ।

सत्ता र व्यवस्था बदनाम हुँदै गएको अवस्थामा निर्वाचनको उपयोग नगरी बहिष्कार गरेर संसदवादको भण्डाफोर गर्न उपर्युक्त हुने बताउदै निर्वाचन बहिस्कार गरेको वैद्यले बताउनुभयो । महासचिव वैद्यले आइतबार जारी गरेको विज्ञप्तिमा उपनिर्वाचन बहिष्कार गर्ने उल्लेख गरिएको छ ।

प्रतिनिधिसभा १, प्रदेशसभा ३ र स्थानीय तहसमेत गरी ३६ जिल्लाका ५० ठाउँमा मंसिर १४ गते उपनिर्वाचन हुने बताइएको छ । नेपालको आन्तरिक मामिलामा कुनै प्रकारको हस्तक्षेप नगर्न पनि अन्तर्राष्ट्रिय समुदायसँग वैद्य माओवादीले आग्रह गरेको छ।

वैद्यले वक्तव्यमा भनेका छन्, ‘उपयुक्त कानुनहरूको निर्माण तथा सहयोग प्रदान गरी आयोगहरूलाई पुनर्गठन गरी समस्याको समुचित समाधान निकाल्न सरकारसँग जोडदार माग गर्दछौं।’