ट्याक्टरको ठक्‍करबाट १ को मृत्यु


कपिलवस्तु । कपिलवस्तुमा सोमबार बिहान भएको दुर्घटनामा परी एक महिलाको ज्यान गएको छ । तौलिहवा लुम्बिनी सडकखण्डको दोहनीमा ट्याक्टरको ठक्‍करबाट मोटरसाइकल पछाडी सवार मायादेवी गाउँपालिका २ अभिरावकी ४२ वर्षीया प्रमिला यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लु २ त ५८३९ नम्बरको ट्याक्टर र विपरित दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेट युपी ५५ एस ०२१८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्‍किँदा मोटरसाइकलमा सवार महिला यादव गम्भीर घाइते भएकी थिइन्। घाइते यादवको उपचारका क्रममा तौलिहवा अस्पतालमा मृत्यु भएको थियो ।

मोटरसाईकल चालक संजय यादव ९मृतकका छोरा ० भो सामान्य घाइते भएका छन् । फरार ट्याक्टर चालकको खाजी भइरहेको प्रहरीले जनाएको छ ।