कतारको समुद्रमा डुबेर १ नेपालीको मृत्यु


काठमाडौँ । कतारमा रहेका एक नेपालीको समुद्रमा डुबेर ज्यान गएको छ ।  समुद्रमा पौडी खेल्ने क्रममा धनकुटा घर भएका ललित लिम्बुको मृत्यु भएको हो । मृतक लिम्बु धनकुटा समाज कतारको पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार समेत रहेका थिए ।