कांग्रेसको प्रशिक्षण साउन ३१ देखि


काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान पहिलो चरण अन्तर्गत तीन प्रदेशमा महाधिवेशन प्रतिनिधिहरुलाई प्रशिक्षण दिने भएको छ । यहि साउन ३१ देखि भदौ ६ सम्म सञ्चालन हुने प्रशिक्षणको लागि विषयहरुपनि छनौट भैसकेको छ ।

प्रतिष्ठानका सचिव मुक्ति आचार्यका अनुसार साउन ३१ र ३२ गते कास्कीको पोखरामा गण्डकी प्रदेश स्तरीय, भदौ २ र ३ गते रुपन्देहीको भैरहवामा प्रदेश ५ नंं स्तरीय र भदौ ५ र ६ गते सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशस्तरीय प्रशिक्षण संचालन गरिने निक्र्यौल भएको छ ।

प्रशिक्षणका लागि नेपाली कांग्रेसको सांगठनीक संरचना, विधान र विशेषता, राजनीतिक, आर्थिक प्रस्ताव दृष्टिकोण, नेपाल कम्युनिष्ट पार्टीको सरकारको मूल्यांकन तथा जनतासंग संपर्क र संवाद जस्ता विषयहरु राखिएका सचिव आचार्यले जानकारी दिनु भएको छ ।

नेपाली कांग्रेसका सदस्यहरुलाई जनतासंग कसरी आत्मीय समपर्कमा राख्ने भन्ने प्रशिक्षणको मुल उदेश्य रहेको भन्दै प्रशिक्षण कार्यक्रममा पार्टी सभापति शेरवहादुर देउवा लगाएत पदाधिकारी सदस्य र अनय शीर्ष नेताहरुको पनि सहभागिता हुने बताइएको छ । प्रतिष्ठानले प्रशिक्षणमा सहभागिहरु सबैले यातायात तथा आवसको व्यवस्था आफैले गर्नु जनाएको छ ।