५ महिनापछि बालिकाको सकुशल उद्दार , अपहरणकारी पक्राउ


सरोज यादव, मोरङ । मोरङको सुनबर्षी नगरपालिकाबाट गएको फागुन २ गते अपहरणमा परेकी उक बालिकाको ५ महिनापछि शकुशल उद्धार गरिएको छ । पिडित किशोरीकी हजुरआमाका अनुसार नातिनीलाई ५ महिना पछि भारतीय प्रहरी तथा नेपाल प्रहरीको सहयोगमा भारतको पन्जाबबाट उद्दार गरिएको हो ।

बालिकाको उद्दारसँगै मोरङको रंगेली प्रहरीले अपहरणमा सँलग्न मध्येकी एक महिलालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पिडितको उजुरीका आधारमा किशोरीको अपहरणमा सम्लग्न मध्येकी एक ३६ वर्षकी गिता रिसिदेबलाई पक्राउ गरी सोमबार सार्वजनिक गरिएको छ । रिसिलेवलाई थप अनुशन्धानका लागि जिल्ला अदालत मोरङबाट म्याद थप गरिएको प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिनुभयो ।

अपहरणपछि रंगेली प्रहरीले पिडितको जाहेरीका आधारमा अपहरण तथा शरीर बन्धक र जवरजस्ती करणी गरेको विषयमा अनुशन्धान थालेको थियोे । अनुशन्धानकै क्रममा किशोरीलाई अपहरणमुक्त गर्न सफल भएको रंगेली प्रहरीले जनाएको छ । अनुशन्धानका क्रममा नौ जनाको समूह मिलेर ती किशोरीलाई भारतको विभिन्न शहरमा लगि करणी गरेको,३ सय जना सम्मलाई खुवाउनका लागि रोटी बनाउन लगाउने गरेको समेत खुलेको छ ।

यस्तै शरीरको बिभिन्न भागमा तातो पुन्युुुुले डाम्ने काम गरेको समेत पिडित किशोरीले बताएकी छन । गत फागुन २ गते राति मोरङको सुनबर्षी नगरपालिकाकी १५ वर्षीया किशोरी राति २ बजे घरबाटै अपहरणमा परेकी थिइन । अनुशन्धान जारी रहेको भन्दै अन्य अपहरणमा सँलग्नको विषयमा भने प्रहरीले केही पनि बताएको छैन । गाँउकै बालिकालाई चिनेजानेकाहरु अपहरणमा सम्लग्न भएको हुनसक्ने प्रहरी स्रोतले जनाएको छ ।