सुटुक्क बिहे गरिन् राखीले

0
Shares

बलिउड आइटम गर्ल राखी सावन्तले अन्ततः गुपचुप बिहेलाई स्विकारेकी छिन्। केही दिन अघिदेखि उनको विवाह भएको खबर विभिन्न भारतीय सञ्चारमाध्यममा फैलिरहेको थियो।

राखी आफैले दुलहीको भेषमा खिचेका फोटा सामाजिक सञ्जालमा राखे पनि सञ्चारमाध्यमसँग भने फोटो शुटका लागि दुलही बनेको र त्यही फोटो शेयर गरेको बताउँदै आएकी थिइन्। केबल फिल्म तथा टिभी सिरियलमा मात्र नभई वास्तविक जीवनमा पनि चर्चामा आउन नाटक गर्न माहिर राखीले अहिले भने आफूले साँच्चिकै विवाह गरेको बताएकी छिन्। बलिउड अनलाइन स्पटब्वाइलाई दिएको अन्तर्वार्तामा उनले आफूले ३६ वर्षीय एनआरआई रितेशसँग विवाह गरेको र आफ्ना पति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कम्पनीमा काम गर्ने बताएकी हुन्।

राखीले फ्यानका रूपमा रितेशले आफूलाई ≈वाट्सएपमा म्यासेज पठाएको र कुरा हुँदै जाँदा आफूहरू राम्रो साथी बनेको बताएकी छिन्। ‘कुरा गर्ने क्रममा रितेशले मलाई उनका एक साथीसँग विवाह गर्न प्रस्ताव ल्याएका थिए। तर मैले अस्वीकार गरिदिएँ। त्यसपछि के मेरा लागि तिम्रो दिलमा घण्टी बज्न सक्छ भनेर सोधे। मैले पनि केही समय सोच्नुपर्छ भनें’, राखीले भनेकी छिन्– ‘यसबीच रितेश मेरा लागि सही मानिस हुने महसुुस गरें र विवाहको निणर्य गरेकी हुँ।’

राखीले आफूले रितेशलाई विवाहको १५ दिनअघि मात्र भेटेको बताएकी छिन्। ३० जुलाईमा हिन्दू र ईसाई परम्पराअनुसार मुम्बईस्थित एक पाँच तारे होटलमा सम्पन्न विवाहमा राखी र उनका पति तर्फका ४/५ जना मानिसहरू मात्र सहभागी भएको समाचारमा उल्लेख गरिएको छ।