३० हजार नगदसहित ५ जुवाडे पक्राउ


भक्तपुर । भक्तपुरबाट तास खेल्ने पाँच जना पक्राउ परेका छन् । मध्यपुर ठिमी न.पा. ९ राधे राधे स्थित हरी बहादुर रानाभाटले संचालन गरेको सुभकामना होटेलमा तास खेलिरहेको भन्ने बिशेष सुचनाको आधारमा आईतवार साँझ प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा नगद तीस हजार छ सय चालिस रुपैया र ६ बुक तास सहित उनीहरुलाई पक्राउ गरी महानगरीय प्रहरी परिसर भक्तपुरमा राखी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।