यसपालिको गाईजात्रा सातै प्रदेशमा

0
Shares

रास वर्षको गाईजात्रा पर्वका अवसरमा सातै प्रदेशमा गाईजात्रे मनोरञ्जनात्मक कार्यक्रम आयोजना हुने भएको छ।
विगतमा काठमाडौंमा केन्द्रित हु“दै आएको गाईजात्रे कार्यक्रम यस वर्ष हास्य कलाकारहरूको एक समूहले सातै प्रदेशमा पु¥याउन लागेका हुन्। कार्यक्रमबारे जानकारी दिन सोमबार राजधानीमा आयोजित पत्रकार भेटघाटमा जानकारी गराइएअनुसार यस वर्षको गाईजात्रे कार्यक्रम सिग्नेचर प्रदेश–प्रदेशमा गाईजात्रा नामबाट हुनेछ। ब्रान्डवर्थ प्रालिले आयोजना गर्ने कार्यक्रम आगामी ३१ प्रदेश नम्बर १ को विराटनगरबाट शुरू भएर धनगढी हु“दै काठमाडौं आएर समापन हुनेछ।

कार्यक्रममा हास्यव्यंग्य कलाकारहरू मनोेज गजुरेल, शैलेन्द्र सिंखडा, सुरेन्द्र केसी ‘मुलासाग’, रवि डंगो ‘बेइमान’, यमन श्रेष्ठ, पूर्ण थापा, शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’, सुबोध गौतम, सन्ध्या बुढा ‘काउली बूढी’, सुमन कार्की, नृत्य कलाकार रुविना अधिकारीलगायतले प्रहसन, हास्यव्यंग्य, व्यंग्य कविता, गीत–संगीत र नृत्य प्रस्तुत गर्नेछन्। ‘गाईजात्रा सिंगो देशको पर्व हो। त्यसैले यसलाई देशैभरि लैजाने प्रयास गरिएको हो। विकृति–विसंगति जता–जता हुन्छ, हास्यव्यंग्य त्यता–त्यता जान्छ’, गजुरलले भने– ‘हा“स्न पाउनु सबै नेपालीको अधिकार हो। त्यसैले हामी गाईजात्रा देशभरि गर्दै छौैं।’
आयोजक संस्थाका अध्यक्ष मोहन गजुरेलले देश संघीयतामा गएकाले सातै प्रदेशमा कार्यक्रम गर्न लागिएको बताए। हास्यव्यंग्य कवि शैलेन्द्र सिंखडाले भने कसैप्रति पूर्वाग्रही नभई आ–आप्mना प्रस्तुति प्रस्तुत गर्ने जनाउ“दै व्यंग्य कवितामै आफ्नो कुरा राख्दै भने

राजनीतिले बा“डेको छ सात प्रदेशमा यो देश
संस्कृतिले जोडेको छ हिमाल, पहाड, मधेस
विकास जान ढिला भयो सिमेन्ट, पाइप, डन्डी, अलकत्रा
संस्कृतिले पाइला सा¥यो प्रदेश प्रदेशमा गाईजात्रा।
कलाकार शिवशंकर रिजालले सुरेन्द्र केसीका साथ सपेरा नामक प्रहसन गर्ने जानकारी दि“दै सुरेन्द्रका साथ केही संवाद सुनाए भने यमन श्रेष्ठले गाईजात्रा कार्यक्रमका लागि प्रदेश प्रदेशमा जान उत्साहित रहेको बताए। त्यस्तै सन्ध्या बुढाले काउली बूढी बनेर मनोरञ्जन दिलाउने बताइन् भने सुमन कार्की र सुबोध गौतमले जनता हान्न चाहन्छन् शीर्षकमा प्रहसन गर्ने जानकारी गराए।