माउण्टेन टेलिभिजनका पत्रकारले आत्महत्या किन गरे ?

0
Shares

चितवन । माउण्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनी मृत फेला परेका छन् । चितवनको नारायणगढस्थित पोखरा बसपार्कमा रहेको कंगारु होटलमा झुण्डिएको अवस्थामा उनी फेला परेका हुन् ।

सोमबार दिउँसो ३ः३० बजेको समयमा सो होटलको २०२ नम्बर कोठामा उनी बसेका थिए । साँझको खाना खान बोलाउन होटलका कर्मचारी पुग्दा कोठा भित्रबाटै बन्द रहेको र उनी नबोले पछि राती १० बजे प्रहरीलाई खबर गरिएको थियो ।

प्रहरीको रोहबरमा ढोका खोल्दा पत्रकार पुडासैनी कोठाको पंखामा झुण्डिएको अवस्थामा फेला परेको चितवन प्रहरीले जनाएको छ ।

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा न २ कुमरी घर भएका पत्रकार पुडासैनी हालै मात्र माउण्टेन टेलिभिजनमा प्रवेश गरेका थिए । उनी मिसन न्यूज कार्यक्रम चलाउँदै आएका थिए । यसअघि उनी न्यूज २४ को सिधा कुरा जनतासंग कार्यक्रममा कार्यरत थिए । उनका आफन्त आएपछि घटनाबारे थप अनुसन्धान हुने चितवन प्रहरीले जनाएको छ।