अपरिचितलाई ट्रेनमा फाल्ने पक्राउ

0
Shares

फ्रान्कफर्ट, (एजेन्सी) । जर्मनीको रेलवे स्टेसनमा एकजना मानिसले अचानक एक आठ वर्षिय बालक र उनकी आमालाई ट्रेनको सामु घचेटिदिँदा बालकको ज्यान गएको प्रहरीले जनाएको छ ।अफ्रिकी मूलका ति करिव चालिस वर्षिय पुरुषको ति पिडित पक्षसंग कुनै चनिाजानी न ैनभएको तथा घटनास्थलबाट भाग्दै गर्दा बटुवाहरुले उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

चालिस वर्षकै ति महिलाको अहिले अस्पतलमा उपचार भइरहेको छ । उनी अलिकतिले मात्र ट्रेनले कुल्चिनबाट जोगिएकी थिइन् । उनको छोराको आइसिइ तिव्र गतिको ट्रेनबाट किचिएर घटनास्थलमै मृतयु भएके थियो ।
प्रहरीले हत्याको अनुसन्धान शुरु भइसकेको र ति आशंकित व्यक्तिलाई उनको उद्देशयबारे सोध पुछ भइरहेको बताएको छ । स्टेसन तर्फ आइरहेको ट्रन सामु तिनीहरु दुवैलाई खसालिएको र महिलाले भने आफुलाई सम्हाल्न सफल भएके प्रहरीले जनाएको छ ।

ति अफ्रिकीलाई लखेट्ने एक बटुवाले उनले झण्डै अर्को एक व्यक्तिलाई पनि ट्रेन सामाु खसाल्ने असफल प्रयास गरेको बताएकी छिन् । हेस्से राज्यका आन्तरिक मामिला मन्त्री पिटर बियुथले ति पक्राउ परेका व्यक्ति इरिट्रियन भएको बताएका छन् ।

यस हत्याकण्डका कारण जर्मनीका केन्दि«य गृहमन्त्री होस्र्ट सिहोफरले आफ्नो गर्मी महिनाको विदा मनाउने क्रमै बिचैमा त्यागेका छन् । विशेष प्रमुख सुरक्षाकर्मिहरुसंग यस विषयमा छलफलमा व्यस्त उनले अपराधिको उद्देशय स्पष्ट भइनसकेको बताएक छन् । तर अति दक्षिणपन्थि अल्टरनेटिभ फर जर्मनी ( एफडि ) पार्टीले तत्कालै यस घटनालाई केहि वर्ष यता देखि जर्मर्नीमा ठूलो संख्यामा ओइरिएको आप्रवासी समस्यासंग जोड्न थालेको छ ।