अस्पतालसामुको विस्फोटमा १९ मारिए

0
Shares

कायरो, (एजेनसी) ।
इजिप्टको राजधानी कायरोमा सोमवार थुप्रै कारहरु आपसमा ठोकिएपछि भएको भयानक विस्फोटन हुँदा कम्तिमा १९ जना मानिसको ज्यान गएको प्रहरीले जनाएको छ । आइतवार राति अवेर कार्यरोको मध्यभागमा रहेको एउटा सरकारी अस्पताल सामु भएको यस दुर्घटनामा अन्य ३० जना घाइत ेभएका छन् ।

तर यो घटना कसैको आक्रमणबाट भएको भन्ने पुष्टि कतैबाट पनि भइनसकेको स्थानिय संचार माधयमले जनाएको छ । प्रत्यक्षदर्शीहरुलाई उदरित गर्दै प्रहरीले ट्राफिक नियम मिचेर अघि बढेको एउटा कारले अन्य तीनवटा कारलाई नराम्ररी ठोकाएपछि विस्फोट भएके जनाएको छ ।

घटना लगत्तै सुरक्षालाई मध्य नजर राख्दै वरपरका वासिन्दालाई अन्यत्र पठाइएको थियो । स्वास्थ मन्त्रालयले नजिकैको नेसनल क्यान्सर इन्सिटच्युटबाट पनि दर्जनौ बिरामीलाई अन्यत्र लगिएको पुष्टि गरेको छ । घाइते मध्ये अधिकांशको स्थिती चिन्ताजनक रहेकाले मृतकको संख्या बढ्न सक्न ेअस्पताल सरत्रले जनाएको छ । घटनास्थललाई शसस्त्र प्रहरीले नियनत्रणमा लिनुका साथै आवशइक अनुसन्धान शुरु भइसकेको छ ।