उत्तर कोरियाद्वारा पुनः दुईवटा क्षेप्यास्त्र प्रहार

0
Shares

सोल, (एजेन्सी)  ।
उत्तर कोरियाले एक साताभित्र दोस्रो पटक अर्थात बुधवार क्षेप्यास्त्र परीक्षण प्रक्षेपण गरेको छ । वार्षिक रुपमा अमेरिका र दक्षिण कोरिया बिच हुने गरेको संयुक्त सैनिक अभ्यास प्रति यसरी क्षेप्यास्त्र परीक्षण मार्फत प्योंगयांगले तिनीहरुसंग विरोध तथा असन्तुष्टि व्यक्त गरेको अन्तर्राष्ट्रिय राजनीतिक विश्लेषकहरुको भनाई रहेको छ ।

उत्तरको पछिल्लो क्षेप्यास्त्र प्रक्षेपणको यो जानकारी दक्षिण कोरियाको सेनाले सार्वजनिक गरेकोहो । उसका अनुसार उत्तर कोरियाले वन्सान सहरबाट दुई वटा छोटो दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरिएका हुन् ।

दक्षिण कोरियाको सेनाद्वारा जारी गरेको औपचारिक विज्ञप्तिमा उत्तर कोरियाको उक्त तटीय सहरबाट बुधबार विहान क्षेप्यास्त्र प्रक्षेपण गरिएको उल्लेख गरिएको छ । ति क्षेप्यास्त्र १९ माइल उचाइ पुगेर १ सय ५५ माइल दूरी तय गरी जापानको जलिय क्षेत्र इस्ट सिमा खसेको बताइएको छ ।
विज्ञप्तिमा उल्लेख छ , ‘हाम्रो सेनाले पछिल्लो गतिविधिमा निगरानी गरिरहेको छ । हामीले आफूलाई कुनै पनि संभावित अवस्थाको सामना गर्नका लागि तयार राखेका छ । ’

केहि दिन अघिमात्र प्योंगयांगले अहिले प्रक्षेपण गरेको स्थानबाटै दुई वटा छोटो दूरीको क्षेप्यास्त्र परीक्षण गरेको थियो ।
अगष्टमा दक्षिण कोरियाले अमेरिकासंग संयुक्त सैन्य अभ्यास गर्ने योजना बनाएको छ । अमेरिका र उत्तर कोरियाले केही समयअघि प्योंगयांगको आणविक कार्यक्रम अन्त्य गर्ने सम्झौतामा पुग्ने प्रयास गरेका थिए ।

गत वर्षको १२ जुलाईमा सिंगापुरमा अमेरिकी राष्ट्र डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोंग उनबिच कोरियाली प्रायद्विपलाई आणविक सन्त्रास मुक्त बनाउने विषयमा सहमति भएको थियो । त्यसको लगत्तै उत्तरले आफ्नो एउाटा आणविक भटी पनि नष्ट गरेको थियो । तर सा ेवार्ताले यस सम्बन्धमा ठोस उपलब्धि हासिल गर्न नसकेको देखिएपछि ।

सन् २०१९ मा भयितनामको राजधानी हनोईमा यि दुई नेताबिच पुन वार्ता भएके थियो । यद्यपि किमले उत्तर माथि लागाइएको नाकावन्दि केहि हदसम्म खुकुलो पार्न रोखेको प्रस्ताव ट्रम्पले ठाडै अस्विकार गरेपछि सो वाता ृअसफल हुन पुगेको थियो ।

ट्रम्पले भने त्यतिबेला नाकावन्दि हटाउनु अघिनै किमले सबै आणविक हतियार परित्याग गरिदिउन भन्ने चाहना व्यक्त गरेका थिए । उत्तरले अमेरिकाको कुनै पनि भुभागमा मार हान्न सक्ने भनिएके अन्तर महादेशिय क्षेप्यास्त्रको परिक्षण गरेपछि अन्तर्राष्ट्रिय जगत नै त्रसित र सशंकित भएको थियो


यसअघि ट्रम्पले किमले आणविक परिक्षण र अन्तरमहादेशिय ब्यालेष्टिक क्षेप्यास्त्र परीक्षण नगरेसम्म कुटनीतिक प्रयास जारी राख्ने प्रतिवद्धता जाहेर गरेका थिए । गत जुनमा उत्तर र दक्षिण कोरियाली सिमानामा किम र ट्रम्पबिच अप्रत्यासित भेटघाट हुन पुन औपचारिक वार्ता टोलि गठन गरी वार्तालाई गति दिने सहमति भएके थियो ।

सो भेटघाटको क्रममा दक्षिण कोरियाका राष्ट्रपति मून जाय इनको पनि उपस्थित रहेको थियो । ट्रम्पले टिवटर मार्फत किमलाई सो भेटका लागि आमन्त्रण गरेका थिए । जापानका प्रधानमन्त्री सिन्जो आवेले यस क्षप्यास्त्र परिक्षणको कारण मुलुकको सुरक्षामा कुनै आँच नपुगेको बताएक छन् । गत साता उत्तर कोरियाले एउटा नयाा खाले पनडुब्बी पनि सार्वजनिक गरेको थियो ।

दक्षिण कोरियाली अधिकारीहरले सो पनडुब्बी तीनवटा क्षेप्यास्त्र बोकन सक्षम रहेको दावी गरेका थिए । साथै केहि दिन अघि प्रयोग गरिएको उत्तरका दुईवटा मध्ये कमितमा एउटा क्षेप्यास्त्र अत्यनतै नयाँ डिजाइनको भएके पनि दक्षिणको सुरक्षा सुत्रले दावी गरेको थियो ।