यूएई शाही परिवारको विवादः राजकुमारीद्वारा जबरजस्ती विवाह रोक्न माग गर्दै मुद्दा दायर

0
Shares

लन्डन (एजेन्सी) ।
दुबईका अर्बपति शासक शेख मोहम्मदबिन रासिद अल मखदुमसँग अलग भएकी उनी पत्नीले लन्डनको एक अदालतमा जबरजस्ती विवाह रोक्न आदेश दिन दरखास्त दिएकी छन् ।

राजकुमारी हया बिन्ट अल हुसेनले पारिवारिक विभाजनका सम्बन्धमा बाध्यात्मक विवाह विरुद्ध सुरक्षाका लागि लन्डन स्थित उच्च अदालतमा दरखास्त दिएकी हुन् । शेख मोहम्मदकी ४५ बर्षिय पत्नी हया जोर्डनकी राजकुमारी हुन् । उनी आफ्नी पतिलाई छोडेर दुबईबाट लन्डन आएकी छन् । हया सेन्ट्रल लन्डनमा उच्च अदालतमा फेमिली कोर्ट डिभिजनमा मंगलबार यस मामिला प्रारम्भिक सुनवाईमा पेश भएकी थिइन् ।

हयाले अदालतमा जबरजस्ती विवाह सुरक्षा आदेशको माग गरेकी हुन् , यसमा कुनै ब्यक्तीलाई विवाहका लागि जबरजस्ती राख्ने विरुद्ध सुरक्षा दिनेछ । यस सुनवाईमा दुबइका शासक शेख मोहम्मद उपस्थित भएका थिएनन् ।
राजकुमारी हया बिन्त अल हुसेन जोर्डनका शाह अब्दुल्लाहकी सौतेनी बहिनी हुन् र उनी शेख मोहम्मदकी हयाले अदालतमा जबरजस्ती विवाह सुरक्षा आदेशको माग गरेकी हुन् , यसमा कुनै ब्यक्तीलाई विवाहका लागि जबरजस्ती राख्ने विरुद्ध सुरक्षा दिनेछ । यस सुनवाईमा दुबइका शासक शेख मोहम्मद उपस्थित भएका थिएनन् ।

राजकुमारी हया बिन्त अल हुसेन जोर्डनका शाह अब्दुल्लाहकी सौतेनी बहिनी हुन् र उनी शेख मोहम्मदकी छैठौं पत्नी हुन् । दुबई र संयुक्त अरब इमिरेटस् (युएई)का लागि यो मामिला अत्यन्तै संवेदनशील मानिएकोछ ।

यस मामिलामा यसै महिना निजी सुनवाई पनि भएको थियो । जसमा दुबैपक्षले बयान जारी यो मुद्दा उनीहरुको तलाक र पैसाका लागि नभएर उनीहरुको बच्चाको राम्रोको लागि भएको उल्लेख गरेका थिए ।

युएईले यस मामिलामा अहिले सम्म कुनै टिप्पणी गरेको छैन र यसलाई परिवारको निजी मामिला भएको बताएकोछ ।

दुबईका शाही परिवारका निकत ब्यक्तीहरुका अनुसार शेख मोहम्मद र राजकुमारी हयाबीच पारिवारिक कलहका कारण उनीहरुकी ३३ बर्षिय छोरी शेखा लतिफा हुन् । उनकी आमा शेलकी दोस्रो पत्नी हुन् ।

शेखा लतिफा पहिलेपनि विवादमा आइसकेकी छन् । उनको सबै कृयाकलाप तथा गतिविधिमाथि रोक लगाएको थियो, त्यसपछि उनले घरबाट भाग्ने प्रयास गरेकी थिइन् ।

गत बर्ष लतिफा भाग्ने प्रयासमा भारतिय तट नजिकै इमिरेट्स सेनाले उनको जहाजलाई नियन्त्रणमा लिएको उनका साथीहरुले बताएका थिए । गत डिसेम्बरमा आयरल्यान्डका पुर्व राष्ट्रपत िमेरि रोबिन्सनसँगको एक बैठकपछि उनी देखिएकी छैनन् ।

रोकिन्सन संयुक्त राष्ट्र मानवअधिकार समुहका पुर्व प्रमुख र राजकुमारी हयाका मित्र पनि हुन् । उक्त बैठकपछि शेख लतिफा ‘संकट‘मा रहेको बताइएको थियो तर शाही परिवारको सुत्रले उनी आफनो परिवारमा प्रेम पुर्वक राम्रो रेखदेखमा रहेको जनाएको थियो ।

गत बर्ष बाहिर आएको ४० मिनेटको भिडियोमा शेख लतिफाले आफुमाथि लगाइएका रोकका विषयमा कुरा गर्दै उनी दुबईमा बस्न नचाहेको बताएकी थिइन् । आफनी बहिनी शम्साको उल्लेख गर्दै सन् २००० मा उनी बेलायतमा विदा मनाउन जाने क्रममा भागेको उनले बताइन् ।

लतिफाले भनेकी थिइन्– जब तपाई भिडियो हेरिरहनु भएको होला, सायद त्यतिबेला म मरिसकेको हुनेछु वा अत्यन्तै खराब स्थितिमा हुन्छु ।

को हुन राजकुमारी हया ?
राजकुमारी हयाको जन्म सन् १९७४ मा भएको भएको हो । उनका पिता जोर्डनका नरेस हुसेन थिए भने आमा महारानी आलिया अल हुसैन थिइन् ।
राजकुमारी हया मात्र तीनबर्षकी हुँदा उनकी आमाको एक हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो । राजकुमारी हयाले आफनो बाल्यकाल बेलायतमा बिताएकी थिइन् । उनले दुई निजी स्कुलमा पढाई पुरा गरिन् । यसमा ब्रिस्टलको ब्याडमिन्टन स्कुल र डर्सेटको ब्रायनस्टन स्कुल पर्छन् ।

त्यसपछि उनले अक्सफोर्ड युनिभर्सिटीबाट राजनित, दर्शन र अर्थशास्त्रमा शिक्षा हासिल गरेकी थिइन् । पुराना अन्तरवार्तामा उनले बाज पाल्ने , सुटिंग र ठुला मेसिनको सोख रहेको बताएकी थिइन् । जोर्डनमा विशाल ट्रक चलाउने लाइसेन्स पाउने उनी एक मात्र महिला भएको पनि उनले दावी गरेकी थिइन् ।
घोडा सवारी पनि राजकुमारी हयाको सौख हो । उनले २० बर्षका उमेरबाट घोडासवारीलाई आफनो करियरका रुपमा चयन गरेका थिए ।

घोडासवारीमा राजकुमारी हयाले सन् २००० मा ओलम्पिक खेलमा जोर्डनको प्रतिनिधित्व पनि गरेकी थिइन् । उक्त ओलम्पिकमा उनी आफनो देशको ध्वजाबाहक पनि थिइन् ।

Princess Haya Bint al-Hussein of Jordan leaves the High Court in London on July 30, 2019. – Princess Haya, the estranged wife of the ruler of Dubai, Sheikh Mohammed bin Rashid Al-Maktoum, has applied for a forced marriage protection order, a London court heard on July 30, 2019, during a case about their children’s welfare, Britain’s PA news agency reported. (Photo by Tolga AKMEN / AFP) (Photo credit should read TOLGA AKMEN/AFP/Getty Images)