पुर्वराष्ट्रपति रेगनबाट अफ्रिकीलाई बाँदरको संज्ञा

0
Shares

न्युयोर्क,(एजेन्सी) ।
अमेरिकाका पुर्व राष्ट्रपति रोनाल्ड रेगनले संयुक्त राष्ट्र संघका लागि अफ्रिकी प्रतिनिधिहरुलाई ‘ बाँदर ’ को संज्ञा दिएको खुलासा भएके छ । अमेरिकाको एउटा पत्रिकाले हालै पत्तालगाइएको एउटा टेपको हवाला दिँदै यो सनसनिखेज घटना सार्वजनिक गरेको हो । रेगनले सन् १९७१ मा अमेरिकाका तत्कालिन राष्ट्रपति रिचर्ड निक्सनलाई टेलिफोन वार्ता गर्ने क्रममा सो प्रतिक्रिया जनाएको बताइएको छ । त्यतिवेला रेगन क्यालिफोर्नियाका गवर्नर रहेका थिए ।

अफ्रिकी प्रतिनिधि मण्डल संयुक्त राष्ट्र संघमा भएको मतदानको क्रममा अमेरिका विरुद्ध उभिएपछि रेगन निक ैआक्रोसित भएक थिए । सो मतदानका ेनिर्णय अनुसार चीनलाई मान्यता दिँदै ताइवानलाई संयुक्त राष्ट्रसंघबाट निष्कासन गर्ने भएपछि तान्जानियाली प्रतिनिधि मण्डलका सदस्यहरु त्यहिँ खुशीले नाचेका थिए ।

ताइवानी समर्थक रहेका रेगनले मतदान भएको भोलिपल्ट अमेरिकी राष्ट्रपतिलाई टेलिफोन गरेर आफ्नो आक्रोस पोखेका थिए । रेगनले फोनमा भनेका थिए , ‘ हरे ! ति अफ्रिकस् राष्ट्रहरुबाट आएका बाँदरहरुलाई अझ पनि जुत्ता समेत लाउन असजिलो देखिन्छ । ’

सन् १९७४ मा पदबाट राजिनामा दिएका राष्ट्रपति निक्सन उनको कुरा सुनेर हाँसेको फोनको टेपमा सुनिन्छ । सन् २००७ देखि २०११ सम्म निक्सन राष्ट्रपतिय पुस्तकालयका निर्देशक रहेका न्युयोर्क युनिभर्सिटीका उप प्राध्यापक टिम नाफ्टालीले यो दूर्ल तथा ऐतिहासिक टेप फेला पारेका हुन् ।

शित युद्ध चरम विन्दुमा पुगेको अवस्थामा सन् १९८१ देखि १९८९ सम्म रेगनले अमेरिकामा राष्ट्रपतिको भुमिका निभाएका थिए । अल्झाइमर रोगको कारण ९३ वर्षको उमेरमा रेगनको सन् २००४ मा निधन भएकाे थियो ।