प्रधानमन्त्री जोनसन डाउनिङ स्ट्रिटमा प्रेमिकासँग बस्ने

0
Shares

लन्डन (एजेन्सी) ।
बेलायतका नयाँ प्रधानमन्त्री बोरिस जोनसन सोमबार आफनी प्रेमिका केरी सायमन्ड्ससँग डाउनिंग स्ट्रिट स्थित प्रधानमन्त्री निवासमा बस्न गएका छन् । विश्वभरी चर्चित स्थान मध्यको एक लन्डन स्थित यो ठेगानामा पहिलो पटक कोही अविवाहित जोडी सँगै बस्नेछ ।

यसअघि ५५ बर्षिय जोनसन र ३१ बर्षिय सायमन्ड्स दक्षिण लन्डन स्थित फ्लाटमा सँगै बस्दै आइरहेका थिए । जोनसन विगत हप्ता नै प्रधानमन्त्री पदमा चयन भएका हुन् ।

डाउनिंग स्ट्रिटका प्रवक्ताले यसको पुष्टि गर्दै भने– प्रधानमन्त्री सोमबार आधिकारिक रुपमा बस्न पुगका छन र उनकी साथी पनि यहाँ रहनेछिन् ।
यसबाट कर दाताहरुलाई कुनै प्रकारको अतिरिक्त बोझ नपर्ने बताइएको छ । यसले सायमन्ड्सलाई आम करदाताको पैसाबाट देशको कुनै प्रथम महिलाले पाउने जस्तो यस प्रकारको सुविधा नपाउने संकेत गरेको छ ।

जोनसन आफनी पत्नी मारिना ह्विलरसँग सम्बन्ध विच्छेद गर्ने प्रक्रियामा छन् । मारिनकी आमा भारतिय मुलकी थिइन् । ह्विलर र जोनसनका ४ बच्चा छन् । गत बर्ष सेप्टेम्बरमा उनीहरुले विवाहको २५ बर्षपछि अलग हुने घोषणा गरेका थिए ।

सायमन्ड्ससँग बस्ने पुष्टि भएपछि बेलायतको प्रधानमन्त्री आवासमा पहिलो पटक कुनै लिभइन जोडीमा बस्छ वा बस्दैन भन्ने सबै अनुमानमाथि पुर्णविराम लगाइदिएको छ ।

प्रधानमन्त्री र उनकी प्रमिकाले आफुसँग एक कुकुर राख्ने योजना पनि बनाइरहेको समाचार बाहिर आएको छ । उक्त कुकुर त्यहाँ रहेको विरालो ल्यारीसँग बस्नु पर्नेछ । उक्त विरालोलाई मुसा समात्न आधिकारिक रुपमै प्रधानमन्त्री निवासमा राखिएको हो ।

युरोपेली संघबाट बेलायत अलग हुने बेक्जिट प्रक्रियामा दुई पक्षबीच कुनै सम्झौता हुन नसकेपछि उत्पन्न जटिल अवस्थामा तात्कालिन प्रधानमन्त्री टेरिजा मेले पदबाट राजिनामा दिएकी थिइन् । उनको राजिनामापछि ब्रेक्जिटका प्रमुख समर्थक जोनसन कन्जरर्भेटिव पार्टीको नेतामा निर्वाचित भएको हो । त्यसपछि उनी प्रधानमन्त्री बनेका हुन् ।