ग्रिन ट्रेन्डमा आत्मघाती आक्रमण, बिसको मृत्यु


कावुल,(एजेन्सी) ।
अफगानिस्तानको राजधानी कावुल स्थित उप राष्ट्रपतिय चुनावका उम्मेदवार अमरुल्लाह सालेहको कार्यालयलाई लक्षित गर्दै आइतवार भएके भिषण आक्रमणमा कम्तिमा बिस जना मानिसको ज्यान गएको सुरक्षा सुत्रले जनाएको छ । ग्रिन ट्रेन्ड अफिसमा भएको यस हमलामा अन्य पचास जना घाइते भएका छन् ।

अफगानिस्तानको आगमी राष्ट्रपतिय चुनावको प्रचार प्रसारको पहिलो दिन यो हिंसात्मक घटना भएको हो । यस घटनामा सामान्य घाइते भएका सालेहले राष्ट्रपति असरफ घानीसंग चुनाव उठ्दैछन् ।

गृहमन्त्रालयका प्रवक्ताले सो कार्यालय भवन नजिक विष्फोटक पदार्थ लादिएको कारमा आत्मघाती बताएका छन् । सो विष्फोट लगत्तै भवनमा छिरेका थुप्रै लडाकु र सुरक्षा फौजबिच करिव छ घन्टा सम्म भिडन्त भएको थियो । यस घटनामा सम्पूर्ण लडाकु मारिएको बताइएको छ ।

करिव एक सय पचास सर्वसाधारणलाई सो भवनबाट सकुशल उद्धार गरिएको थियो । आइतवार बिहान राष्ट्रपति असरफ घानीले अब देशमा शानित आउन लागेको बताएका थिए । सोही ग्रिन ट्रेन्डबाट घानीले भ्रष्टाचार विरुद्धको विशेष अभियान चलाउँदै आएको छ । अहिले सम्म कुनै पनि समुहले आक्रमणको जिम्मेवारी लिएको छ ।