तुलसी गबार्डद्वारा गुगलविरुद्ध मुद्दा


वासिंगट (एजेन्सी) ।
अमेरिकाको डेमोक्र्याटिक पार्टीकी राष्ट्र्पति पदका उम्मेदवार तुलसी गबार्डले गुगलमाथि ५ करोड डलरको मुद्दा हालेकी छन् । तुलसीले उक्त कम्पनी विरुद्ध सन् २०२० का लागि भइरहेको उनको चुनाव प्रचारमा प्रविधी कम्पनी गुगलले भेदभाव गरिरहेको र उनको अभिब्यक्तीको स्वतन्त्रतालाई बाधा पुर्याइएको आरोप लगाएकी छन् ।भारतिय मुलकी तुलसी अमेरिकी कांग्रेसका पहिलो हिन्दु सदस्य हुन् ।

३८ बर्षिय गबार्डको पहिचान इराक युद्धमा उनको कुशल अभियानका रुपमा हुने गरेकोछ । हवाई राज्यबाट सन् २०१३ देखि २ पटक सांसदमा निर्वाचित भइसकेकी तुलसीले लस एन्जलसको संघिय अदालतमा मुद्दा दर्ता गरकी हुन् । गुगलले जुनमा उनको पहिलो डेमोक्र्याटिक वादविवादपछि उनको अभियानसँग सम्बन्धित विज्ञापन अकाउन्टलाई केही समयका लागि निलम्बन गरेको थियो ।

तुलसीको क्याम्पेन कमिटीले गरेको दावीमा उनका क्याम्पेन विज्ञापन अकाउन्टलाई जुन २७ मा ६ घन्टाका लागि स्थगित गरेको उल्लेख छ । जुन २८ मा पनि उक्त अकाउन्ट विरुद्ध सोही घटना दोहोरिएको थियो । अकाउन्ट स्थगित हुनुका कारण आम नागरिकसम्म उनको पहँुचमा र उनलाई प्राप्त हुने चन्दाको पैसामा ब्यापक प्रभाब पारेको तुलसीको दावी रहेको छ ।

कानुनी पत्रमा गुगलका बारेमा तुलसीको क्याम्पेन कमिटीले लेखेको छ, ।।। गुगलका यस भेदभावपुर्ण ब्यवहारले गबार्डको प्रचारलाई प्रभावित पारेको छ । यसमा देशभरीको निति निर्धारकहरुलाई चिन्तित बनाएकोछ । कम्पनी आफनो क्षमताको प्रयोग राजनितिक मतभेदका लागि गरिरहेको छ र यो तरिका सन् २०२० को राष्ट्र्पति चुनावलाई पनि प्रभावित पार्ने खालको हो ।