म्यान भर्सेज वाइल्डमा ग्रिल्ससँग मोदी

भिडियोको समयलाई लिएर आलोचना


नयाँदिल्ली (एजेन्सी) । जंगलमा वा अन्य अत्त्यन्त कठिन परिस्थितिमा आफुलाई जीवित राख्ने कला र तौर तरिका संदेशका रुपमा दिने वियर ग्रिल्सको ‘म्यान भर्सेज वाइल्ड ‘ विश्वका चर्चित साहसिक कार्यमा आधारित टेलिभिजन कार्यक्रम मध्यको एक हो । वियर ग्रिल्स प्राय यसता कार्यक्रममा सुनसान जंगलमा खतरनाक जनावर तथा नदिहरुबीच एडभेन्चर गरिरहेको देखिन्छन् ।

अब यी बियर ग्रिल्ससँग भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि देखिने छन् । म्यान भर्सेज वाल्ड कार्यक्रमको यो सृंखला अगस्ट १२ राती नौ बजे डिस्कवरी च्यानलमा प्रसारित हुनेछ ।

बियर ग्रिल्सले ट्विटरमा उक्त एपिसोडको टिजर जारी गरिएको छ । यो टिजर रिलिज भएपछि ट्विटरमा ह्यासपीएममोडियनडिस्करी टप ट्रन्डस्मा रहेको छ ।
टिजरमा प्रधामन्त्री मोदी बियर ग्रिल्ससँग अत्यन्त निकत मित्रका रुपमा देखिएका छन् । भिडियोमा मोदी बियर ग्रिल्सलाई भारतमा स्वागत गर्छन र ग्रिल्स मोदीलाई भनिरहेका हुन्छन्– तपाई इन्डियाका सबैभन्दा विशेष ब्यक्ती हुनुहुन्छ । मेरो जिम्मेवारी तपाईलाई सुरक्षित राख्नु हो ।

प्रधानमन्त्री मोदीले पनि ट्विटमा उक्त टिजर सेयर गर्दै लेखेका छन्– भारत जहाँ तपाईले हराभरा जंगल, सुन्दर पहाड, नदि तथा जंगली जनावर हेर्न सक्नु हुन्छ । यस कार्यक्रमलाई हेरेर तपाईलाई भारत आउने मन हुनेछ । भारत आएकोमा बियर ग्रिल्सलाई धन्यबाद ।


यस टिजरलाई लिएर सामाजिक सन्जालमा चर्चा भइरहेको छ । प्रतिक्रिया कांग्रसका तर्फबाट पनि आइरहेका छन् ।

‘दलित कांग्रेस‘का अफिसियल ट्विटर ह्यान्डल टविट गरेको छ , अब विश्वले सत्य थाहा पाउने छ । जब पुलवामा हमला भइरहेको थियो र हाम्रा जवान देशका लागि जान दिइरहेका थिए, त्यतिबेला प्रधानमन्त्री नरेन्द्र मोदी बियर ग्रिल्ससँग डिस्कभरी प्रोग्रामका लागि सुटिंग गरिरहेका थिए । प्रधानमन्त्री मोदीको यो लज्जास्पद कुरा हो ।

दलित कांग्रेस विपक्षी पार्टी कांग्रेसको ट्विटर अकाउन्ट हो ।
पुलवामा हमला भइरहँदा त्यतिबेला प्रधानमन्त्री मोदीको जिम कार्बेट स्थित केही तस्वीर बाहिर आएको थियो । सन् २०१९ मा कांग्रेसले भनेको थियो– सीआरपीएफ जवानमाथि हमला भएपछि प्रधानमन्त्री मोदी जिम कार्बेट गए र एक विज्ञापन फिल्मको सुटिंगमा ब्यस्त थिए ।

कांग्रेस प्रवक्ता रणदिप सुरजेवालाले मोदीमाथि समयमा बयान पनि नदिएको र दिन भरी कार्बेट पार्क भ्रमण गरिरहेको आरोप लगाए । यसको जवाफमा भाजपा अध्यक्ष अमित शाहले कांग्रेस पार्टीमाथि सेना प्रमुखलाई गुन्डा भनेको आरोप लगाउँदै बीजेपीलाई राष्ट्रभक्ती नसिकाउन बताए ।

अब डिस्कबरीका तर्फबाट तस्विर जारी भएको र त्यसमा प्रधानमन्त्री मोदी बियर ग्रिल्ससँग चीया पिउँदै गरेको देखिएका थिए । उक्त टिजर प्रति उत्साहित हुँदै देवेसले लेखेका छन्– यो सो हेर्न अत्यन्त उत्साह पुर्वक प्रतिक्षारत छु ।