जुनियर ब्याडमिन्टन च्याम्पियनसिप हुँदै


काठमाडौं, (नेस) ।
काठमाडौं ब्याडमिन्टन र प्याब्सन काठमाडौंको संयुक्त आयोजनामा काठमाडौं ब्याडमिन्टन च्याम्पियनसिप २०१९ आयोजना गर्ने भएको छ ।
च्याम्पियनसिपमा यू १२ र यू १४ प्रतिस्पर्धा हुनेछ । च्याम्पियनसिप कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको त्रिभुवन स्मृति हलमा यही २१ देखि २४ गते सम्म आयोजना हुनेछ । नेपाल ब्याडमिन्टन संघको सहयोगमा काठमाडौं जिल्ला ब्याडमिन्टन संघले जिल्लाको ब्याडमिन्टन विकासका लागि व्यवासयिक र एमेच्योर प्रतियोगिता आयोजना गर्दै आएको छ ।

चार दिन सम्म आयोजना हुने च्याम्पियनसिपमा काठमाडौं, ललितपुर, भक्तपुरका प्याब्सन, एप्याब्सन र सामूदायिक विद्यालयका विद्यार्थीहरुको सहभागिता रहनेछ । जहाँ ९ सय भन्दा बढी खेलाडीले भाग लिने अनुमान गरिएको छ । प्रतियोगितामा नेपाल खेलकुद पत्रकार मञ्च र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको सहयोग रहनेछ । एक्सन स्पोर्टसले मुख्य प्रायोजन गरेको प्रतियोगिताको एक्सन स्पोर्टसले प्रत्यक्ष प्रसारण गर्नेछ ।