मुहम्मदले विश्व रेकर्ड राखिन


न्युयोर्क, (एजेन्सी) ।
ओलिम्पक च्याम्पियन डालीलाह मुहम्मदले महिलातर्फ ४ सय मिटर हर्डल्सतर्फ १६ वर्ष सम्म टिकेको विश्व रेकर्ड तोडेकी छन् ।

अमेरिकाको लोवामा सोमबार भएको युएस नेसनल च्याम्पियनसिपमा २९ वर्षीया धाविकाले ५२ दशमलव २० सेकेण्डमा दौड पुरा गरी विश्व रेकर्ड बनाएकी हुन् । मुहम्मदले रुसकी युलिया पेचोनीकाले १६ वर्ष अघि राखेको ५२ दशमलव ३४ सेकण्डको विश्व रेकर्डलाई ० दशमलव १४ सेकेण्डले पछि पारेकी हुन् ।

सो दौडमा १९ वर्षीयाा सीडनी म्याकलाग्लीनले ५२ दशमलव ८८ सेकेण्डसहित दोस्रो भइन् । यस्तै ५३ दशमलव ११ सेकेण्ड समय लिकी एश्ली स्पेन्सर तेस्रो भइन् । शीर्ष तीन धाविकाले सेप्टेम्बरमा दोहामा हुने वल्र्ड च्याम्पियनसिपमा सहभागिता जनाउन पाउनेछन् ।