बक्सिङ खेलाडीको बिदाई


काठमाडौं, (नेस) ।
कुवेतमा अगस्ट १ देखि ९ तारिख सम्म संचालन हुने एएसबीसी स्कुल ब्वाईज बक्सिङ च्याम्पियनशिपमा सहभागी हुने नेपाली बक्सिङ टोलीलाई मंगलबार एक कार्यक्रमबीच बिदाइ गरियो । कुवेत बक्सिङ संघको आयोजनामा हुने प्रतियोगितामा पुरुष ४९ केजी तौलसमूहमा छिरिङ वाङदी शेर्पाले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

प्रशिक्षकमा आठौं सागका स्वर्ण विजेता रामचन्द्र थापा मगर तथा व्यवस्थापकमा नेपाल बक्सिङ संघका सदस्य एवं स्कुल बक्सिङ समितिका संयोजक पुष्करराज पन्त रहेका छन् । कार्यक्रममा फिटवेल नेपालले टोलीलाई ट्रयाकसुट प्रदान गरेको थियो भने बक्समाण्डुले खेलाडीलाई खेलका क्रममा लगाने पोशाक प्रदान गरेको थियो । टोली मंगलबार जाने छ ।