पोग्बाको मूल्य १ सय ५० मिलियन


लन्डन, (एजेन्सी) ।
म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पउल पोग्बाले इंग्लिस क्लब छाड्ने मन बनाएको इंग्ल्यानडको वेबसाइट द सनले जनाएको छ ।

द सनले जनाएअनुसार पोग्बालाइ १ सय ५० मिलियन युरोमा किन्न सकिनेछ । यदि यो सम्झौता भएमा प्रिमियर लिग इतिहासमा सबैभन्दा ठूलो ट्रान्सफर हुनेछ । यसअघि सन् २०१८ मा बार्सिलोनाले प्रिमियर लिग क्लब लिभरपुलसँग फिलिप काउटिन्होलाई १ सय ४२ मिलियन युरोमा बार्सिलोनाले किनेको थियो ।

वेबसाइटले जनाएअनुसार रियल मेड्रिडका मेनेजर जिनेदिन जिदानले पोग्बालाई आफ्नो टोलीमा सामेल गर्न चाहेका छन् । रियलले यस सिजनमा इडेन हजार्ड, लुका जोभिच, इडेर मिलिताओ, फेरल्यान्ड मेन्डी र रोड्रिगोलाई किनेको छ । तर स्पेनी क्लबले अनुभवी स्ट्राइकर गेरेथ बेललाई बेच्ने कोसिस गरिरहेको छ ।

फ्रान्सले विश्वकप जित्दा महत्वपूर्ण भुमिका खेलेका पोग्बाले पछिल्लो सिजनमा म्यानचेस्टरका लागि ४७ खेलमा १६ गोल गरेका थिए । सो क्लबले सन् २०१६ मा पोग्बालाई युभेन्टस्बाट ८९ मिलियन युरोमा किनेको थियो । उनी प्रिमियर लिगमा सबैभन्दा महगो खेलाडी बने । तर पछिल्लो सिजनमा क्लबका मेनेजरसँग उनको सम्बन्ध सहि नगएको पनि वेबसाइटले उल्लेख गरेको छ । जसको नतिजा टोली प्रिमियर लिगको सातौं स्थानमा रहेको थियो ।