रुसी विपक्षी नेता नाभाल्नी अस्पताल भर्ना


मस्को,(एजेन्सी) ।
रसियाको विपक्षी राजनीतिक व्यक्तित्व एलेक्सेइ नाभाल्नीलाई आइतवार कारगारबाट राजधानी मस्को स्थित कारगारमा लगिएको छ । सरकारी अधिकारीहरुले उनको स्वास्थ सम्बन्धी कुनै पनि विवरण सार्वजनिक गरेका छैनन् ।

तर नाभाल्नीका प्रवक्ताले भने उनको एलर्जीको कारण अनुहार फुलेको तथा उनलाई यस अघि कहिल्यै यस्ततो समस्या नरहेको बताएकी छिन् । अस्पताल सुत्रले भने रुसी समाचार निकायलाई उनको स्वास्थ स्थिती सन्तोष जनक रहेको बताएको छ ।

गत शनिवार आयोजित अवैधानिक ढंगको विरोध प्रदर्शनको आब्हान गरेको कारण नाभाल्नीलाई गत साता तीस दिन लामो कारवास संजाय तोकिक्एो थियो । यस विरोध प्रदर्शनको दौरान एक हजार भन्दा बढि व्यक्तिलाई गिरफतार गरिएको थियो ।

आगामी स्थानिय निर्वाचनमा विपक्षी उम्मेदवारहरुलाई निषेध गरिएको कारण यो पदर्शन भएको हो । युरोपेली संघ ( इयु) ले अनुचित ढंगले प्दर्शनकारीहरु माथि फौज प्रयोग गरेको कारण संगठित हुने तथा अभिव्यक्त गर्ने आधारभूत स्वतन्त्रता हनन भएको भन्दै आलोचना गरेको छ ।

नाभाल्नीका महिला प्रवक्ता किरा यार्मिसले टिवट गर्दै यस अघि उनलाई कहिल्यै यस्तो समस्स्या नभएके तथा अस्पतालमा प्रहरीको निगरानीमा उपचार भइरहेको जानकारी दिएकी छिन् । नाभाल्नीले रसियामा भ्रष्टाचार विरोधि अभियन्ताको हैसियतले नाम कमाएक छन् । उनले सन् २०११ मा राष्ट्रपति भ्लादिमिर पुटिन विरुद्ध आयोजित रसियाकको इतिहासमै सबैभन्दा ठूलो सडक आन्दालेनको नेतृत्व गरेका थिए ।