अपहरित तुर्केली नागरिक मुक्त


इस्तानवुल, (एजेन्सी) ।
नाइजेरियाको पश्चिमी राज्य क्वारामा एक साता अघि बन्दुकधारीहरुबाट अपहरित चार जना तुर्केली नागरिकलाई मुक्त गरिएको आइतवार प्रहरीले जनाएको छ । निर्माण क्षेत्रका ति कामदार हरुलाई एउटा वारबाट अपहरण गरिएको थियो ।
अपहरणकारीहरुले दस लाख अमेरिकी डलर फिरौति मागेका थिए । तर प्रहरीले तिनीहरुलाई बिना शर्त मुक्त गरिएको दावी गरेको छ । नाइजेरियामा अपहरण गरी फिरौति रकम माग्ने चलन सामान्य हो ।

विशेषगरी विदेशी तथा नाइजेरियाकै उच्च वर्गकै नागरिकलाई अपहरणको तारो बनाइने गरिएको छ । दुई साता अघि नाइजेरियाको एउटा समुद«ी तटमा मालवाहक जहाज माथि आक्रमण गरी समुद«ी डााकाहरुले दसजना तुर्केलीलाई अपहरण गरेका थिए । तिनीहरुको स्थित अझै सम्म अज्ञात रहेको छ ।

मुलुकमा अपहरण र शसस्त्र डकैतीका घटनाहरु समाधान गरी ‘ नाइजेरियाको सुुपर कप ’ को नामले चर्चित भएका एकजना प्रहरी अधिकारीले यस घटनामा निभाएको भुमिकालाई संचार माध्यमले निकै प्रशंसा गरेका छन् ।
नाइजेरियाको राजधानी अवुजाबाट पठाइएका राज्य प्रहरी , स्थानिय भिजिलानटे र अधिकारीहरुको टोलिले तिनीहरुको सफल उद्धार गरेका थिए । क्वाराका प्रहरी आयुक्त कायोदे एग्वेतोकुनले तीनजना अपहरणकारी पक्राउमा परेको जनाएका छन् ।