पृथ्वीसँग छुद्रग्रह ठोक्किनबाट जोगिए


लस एन्जलस (एजेन्सी) ।
गत बिहीबार एक सहरलाई ध्वस्त पार्न सक्ने एक छुद्रग्रह ।।।सिटी किलर ।।। पृथ्वीसँग ठोक्किनबाट जोगिएको वैज्ञानिकहरुले बताएका छन् ।
करिब १ सय मिटरको उक्त छुद्रग्रह २०१९ ओके प्रतिसेकेन्ड २४ किलोमिटर बेगले पृथ्वीको नजिकबाट विहिबार विहान करिब ११ बजेर २२ हुइँकिएर गएको थियो ।

सुर्यको दिशाबाट पृथ्वी तर्फ आइरहेको भएर उक्त छुद्रग्रहका विषयमा खगोलशास्त्रीहरुलाई कुनै जानकारी नै हुन नसकेको जनाइएको छ ।
मोनास युनिभर्सिटीका उप प्राध्यापक माइकल ब्रोनले भने ( यो अत्यन्तै नजिक हो । यो गइसकेको छ भन्ने मैले अझै सोच्न सकेको छैन । यो साँच्चिकै ठुलो कुरा हो ।

उक्त छुद्रग्रह ब्राजिल र अमेरिका स्थित फरक फरक खगोलशास्त्रीहरुको टोलीले विगत केहीको फरकमा पत्ता लगाएका हुन् । उक्त आकासिय पिण्डको ठोक्काईमा हिरोसिमाको परमाणु विस्फोटको भन्दा ३० गुणा बढी उर्जा हुन सक्ने स्विनबर्न युनिभर्सिटीका खगोलशास्त्री उप प्राध्यापक अलन डफीले बताए ।
यो एक सहर ध्वस्त पार्न सक्ने छुद्रग्रह हो । तर यो धेरै सानो छ र यसलाई अन्तिम समयसम्म पनि देख्न अन्त्यन्त कठिन हुन्छ ।